Home » » नेपालले साउथ एसियाका जुनसुकै राष्ट्रलाई पनि जित्न सक्छ भन्ने प्रमाणित भयोः महर्जन

नेपालले साउथ एसियाका जुनसुकै राष्ट्रलाई पनि जित्न सक्छ भन्ने प्रमाणित भयोः महर्जन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, भदौ १२– नेपाली यू–१९ राष्ट्रिय फुटबल
टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नै
प्रशिक्षणको टोलीले २२ वर्षपछि अन्तराष्ट्रिय
प्रतियोगिता जित्दा निकै खुसी लागेको बताएका
छन् ।
साफ यू–१९ च्याम्पियनसीपकोृ फाइनलमा पेनाल्टी
सुटआउटमा भारतलाई हराएपछि सञ्चारकर्मीहरुसँग
कुराकानी गर्दै उनले जितसँगै नेपाली फुटबलमा हेर्ने
दृष्टिकोणमै परिवर्तन आउने विस्वास व्यक्त गरे ।
‘विगतमा नेपाली टोलीले सफलता नपाउँदा
समर्थकहरुले गाली गर्ने गरेका थिए तर जितसँगै एकपटक
फेरि फुटबलको क्रेज बढेको छ’, उत्साहित हुँदै उनले भने ।
उनले आफूले बनाएको रणनीति अनुसार खेलाडीहरुले
उत्कृष्ट प्रदर्शन गरेको भन्दै अगाडी भने, ‘हामीले जुन
इस्टाटिक्स बनाएका थियौं, त्यसअनुसार नै
खेलाडीहरुले खेले । अब हामी साउथ एसियाका जुनसुकै
राष्ट्रलाई पनि जित्न सक्छौं भन्ने प्रमाणित भएको
छ ।’
उनले आगामी दिन यो भन्दा राम्रो नतिजा ल्याउने
प्रयास गर्ने भन्दै सरकारले पनि विषेश सहयोग
गर्नुपर्नेमा जोड दिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved