Home » » भारतलाई हराउँदै नेपाल च्याम्पियन....

भारतलाई हराउँदै नेपाल च्याम्पियन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



काठमाडौं, भदौ १२ । पहिलो यु–१९ साफ
च्याम्पियनसिप फुटबल प्रतियोगिताको
उपाधि नेपालले जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा
कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा
भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल
च्याम्पियन बनेको हो ।
खेलको निर्धारित ९० मिनेटमा एक–एक
गोलको बराबरी भएपछि पेनाल्टी
सुटआउटबाट नतिजा निस्किएको
हो ।
यसअघि, नेपालले खेलको ३१औं मिनेटमा गोल
गर्दै प्रारम्भिक अग्रता लिएको थियो ।
सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज
तामाङले गोल गरेका हुन् ।
तर, ८८औं मिनेटमा भारतले पेनाल्टीमा गोल
गरेपछि खेल १–१ को स्थितिमा पुगेको
थियो ।
तस्वीरः विमलको ट्वीटबाट ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved