भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, पुस १४ - एमाओवादी वरिष्ठ
नेता बाबुराम भट्टराईले आफूले पार्टीको नेतृत्व
लिन चाहेको बताएका छन् । अध्यक्ष पुष्पकमल
दाहालको आग्रहमा आफूले नेतृत्व लिन तयार
भएको उल्लेख गर्दै उनले नेतृत्व लिएर परीक्षा दिन
चाहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय
समिति बैठकमा भट्टराईले आफूले पार्टीको नेतृत्व
लिन ऐतिहासिक आवश्यकता परेको बताए ।
'अध्यक्षले पार्टीको नेतृत्व लिने आग्रह गर्नुभयो, मैले
स्वीकार गरेको हुँ' भट्टराईको भनाइ उद्धृत गर्दै
प्रवक्ता दीनानाथ शर्माले भने, 'म आफै परीक्षण
भएर जानुपर्छ भन्ने लाग्यो ।'
भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले दिने र आफूले
लिने बिषय नभएको उल्लेख गर्दै
विचारको विकाससंग नेतृत्व हस्तान्तरण
हुनुपर्नेमा जोड दिए । आफूले पहिलो पटक नेतृत्व लिन
चाहेको बताउँदै उनले अध्यक्षसंग सबभन्दा बढी संघर्ष
भए पनि संगसंगै रहेको तर्क गरे । 'अध्यक्ष प्रचण्ड र मैले
३० वर्ष संगै काम गर्यौ, हामीबच पेचिलो संघर्ष र
त्यसपछि एकता भयो । यो बीचमा मैले कहिलै नेतृत्व
दाबी गरिनँ' भट्टराईको भनाइ थियो,
'यो बेला मैले पार्टीको नेतृत्व लिन उचित
लाग्यो ।'
पार्टीभित्र आफूलाई प्रतिपक्षजस्तो ब्यबहार
गरिएको गुनासो गरेका थिए । उनले पार्टीभित्र
आफूलाई दक्षिणपन्थी, भारतपरस्तका रुपमा चित्रण
गरेकाले पार्टीको नेतृत्व लिएर परीक्षा उत्तीर्ण
हुन चाहेको बैठकमा भनाइ राखे । 'अध्यक्षले
जिन्दगीभर पार्टी चलाउनु भयो,
यतिबेला दोस्रो पुस्ता नेतृत्वका लागि तयार
भइसकेको छैन' उनको भनाइ थियो,
'यस्तो बेलामा अध्यक्षको योगदानको उच्च
मूल्याङन गर्दै सम्मानजनक पदमा राख्नुपर्छ ।' अध्यक्ष
दाहाललाई राष्ट्रपति बनाएर आफू नेतृत्वमा आउन
चाहेको चर्चा गलभत भएको उनको भनाइ थियो ।
भट्टराईले रुस र चीनबाट शिक्षा लिदै नेतृत्व
हस्तान्तरणबारे ब्यबहारिक बिधि तय गर्नुपर्ने
बताए । उनले अर्को वर्ष माघमा राष्ट्रिय
सम्मेलनगरी नयाँ विचारको विकासका साथै
नेतृत्व हस्तान्तरण सम्बन्धी विधि बसाल्नु पर्ने
धारणा राखेका थिए ।
दाहालले पेश गरेको राजनीतिक
प्रस्तावमाथि बोल्दै उपाध्यक्ष
नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालले दिने र
भट्टराईले लिने
सहमति गरेपछि त्यसमा आफ्नो असहमति हुने कुरै
नभएको भन्दै ब्यंग्य गरे । 'म अध्यक्षले छोड्नु हुन्न
भन्दिैनँ' उनले भने, 'तर, महाधिवेशनमा ल्याउने
कुरा केन्द्रीय समितिमा नेतृत्व
हस्तान्तरणको प्रस्ताव ल्याउनु गलत थियो ।' उनले
वैचारिक संश्लेषण नगरी नेतृत्व
हस्तान्तरणको कुरा गर्नु लेनदेनको बिषय
भएको टिप्पणी गरे ।
'नेतृत्व हस्तान्तरणको प्रस्ताव केन्द्रीय
समितिमा ल्याउन हुन्नथ्यो' उनको भनाइ थियो,
'महाविधेशनका लागि वैचारिक संश्लेषणको बिषय
ठिक हुन्थ्यो ।' उनले दाहाल, भट्टराई र आफूबीच
अझै विश्वासको वातावरण बनिनसकेको उल्लेख गर्दै
नेतृत्व हस्तान्तरणको मात्र चर्चा हुनु बेठिक हुने
जनाए । 'नेतृत्वबीच पुरै बिश्वास पैदा भइसकेको छैन ।
एक अर्कालाई उपयोग गर्ने जस्तोदेखिएको छ' उनले
थपे ।
पार्टी महाधिवेशनमा जानु उचित भएको भए
पनि पहिले पार्टी रुपान्तरण हुनुपर्ने उनको जोड
थियो । 'पार्टी भ्रष्टीकरण भयो, वर्गदृष्टिकोण
बिहीन भयो । पार्टी रुपान्तरण
नगरी महाधिवेशनमा जान हतार गर्नु हुदैनथ्यो' उनले
थपे, 'हामीले रुपान्तरणको कुरा छाड्न मिल्दैन ।'
उनले पार्टीमा असहिष्णु प्रवृत्ति बढेको बताए ।
'कहिले पुष्पलाललाई गद्दार भन्ने, कहिले निर्मल
लामालाई सिआइडी भन्ने, कहिले प्रचण्डलाई
राजावादी बन्ने, कहिले बाबुरामलाई भारत परस्त
किन भन्ने' उनको प्रश्न थियो, 'अलिकति मतभेद
भयो भन्दै हामीलाई जनयुद्धबाट भागेको भन्ने ?'
दाहालको प्रस्तावमाथि शर्माको छुट्ट्रै प्रस्ताव
अध्यक्ष दाहालको राजनीतिक
प्रस्तावमाथि स्थायी समिति सदस्य जनार्दन
शर्माले फरक प्रस्ताव पेश गरकेा छन् । उनले
बिघटनको संघारमा पुगेको माओवादी आन्दोलनलाई
जोगाउन वैचारिक सभा गर्नुपर्ने माग गरेका छन् ।
'विघठनको संघारमा रहेको माओवादी आन्दोलनको रक्षा गर्दै
जनताको मुक्तिलाई सफल जार्न विधिन्न समूह र
गुटमा विभक्त माओवादी धारालाई एकीकृत
गरी समंग्र माओवादी आन्दोलनको पुर्नगठनलाई
सफल पार्न २-३ महिना भित्र एक बृहत वैचारीक
सभा सम्पन्न गरी कार्यदिशा, कार्यनीति,
राणनीतिका साथै विचार, राजनीति र
सागठनका क्षेत्रमा बहस बाट सहि र गलत स्थापित
गर्ने र सहिलाई स्वीकारी नयाँ निश्कर्ष
निकाल्ने' उनले प्रस्तावमा भनेका छन् ।उनले
माओेवादी आन्दोलनको पुर्नगठन गरी प्रगतिशिल
व्यक्ति, समुह, र पार्टीहरु
सँगको सहकार्यको वातावरण बनाउन पहल गर्न माग
गरेका छन् ।
नेता भट्टराईलाई नेतृत्व दिने कुराप्रति उनले
असहमति जनाएका छन् । आन्दोलन बिघटित हुने तर
पार्टी र नेताहरु चाही सुदि्रढ हुनेकुरा संभव
नभएकाले आज माओवादी आन्दोलनको पुर्नगठन
गरी समंग्र वाम शक्तिहरुका बिचमा समेत तालमेल र
सहकार्य गर्नेगरी खुला छाति लिएर अगाडी बढने
नेतृत्वको खाँचो छ' उनले भनेका छन् ।
0 comments:
Post a Comment