भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपालगन्ज । अन्तराष्ट्रिय मान्यता विपरित
नेपाली सिमाको दशगजा छेउबाटै भारत सरकारले
सडक निर्माण थालेको छ । भारतीय
सिमा सुरक्षा बल (एसएसबी) को सुरक्षामा सडक
बनाउन थालिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशसँग सम्बन्ध
सुमधुर बनाएको बताइरहेका बेला भारत बहराइच
जिल्लाको जानकीदेखि शिवपुरुवासम्म अर्थात
लक्ष्मणपपुर व्यारेजबाट साइगाउँसम्म २१ किलोमिटर
सडक निर्माण भइरहेको छ ।
लम्मणपुर व्यारेजबाट पुर्वतर्फ बाँधको छेउ हुँदै सो सडक
जानेछ । सो सडक निर्माणले नेपालबाट जाने
पानी रोकेर डुबान बढाउने छ ।
हिरिमिनिया, भवानीयापुुर, पिप्रहवा, जयसपुर,
राधापुर, साइगाउँमा डुवानको असर पर्नेछ । सो सडक
बनेपछि नेपालगन्ज सहर समेत डुवानमा पर्ने
अवस्था आएको हो ।
यो सडकले नेपालतर्फ बहने किरन नाला, बढैया नाला,
शिवपुरुवा नाला र सुतैया नालाको प्राकृतिक
वहावालाई रोक्ने छ ।आजको अन्नपुर्ण
पोष्टमा समाचार छ ।
0 comments:
Post a Comment