भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
समुद्रमा पाइप बिछाएर एक देशबाट अर्को देशमा तेल
आपूर्ति गरेको कुरा त सामान्य हो । तर अब भने
समुद्रमुनि पाइप ओछ्याएर एक देशबाट अर्को देशमा
खानेपानी समेत आपूर्ति हुने भएको छ ।
चीनले कृतिम नदी बनाएर करिव १४ सय किलोमिटर
टाढा खानेपानी पिउने पानी पुर्याएको केही
महिना नबित्दै साइप्रसले पनि त्यस्तै अनौठो
परियोजना सम्पन्न गरेको छ ।
टर्कीबाट नर्थ साइप्रसमा खानेपानी आपूर्तिका
लागि समुद्रमुनि १ सय ७ किलोमिटर लामो
खानेपानी पाइप ओछ्याउने काम पूरा भएको छ ।
बारिस सुयु अर्थात् शान्ती पानी नाम दिइएको
उक्त परियोजनाको अन्तिम कार्यका रुपमा
पाइपको अन्तिम टुक्रा जडान गर्ने काम टर्किस वन
तथा पानी मन्त्री भेसेल इरोग्लुले अगष्ट ७ मा गरे ।
यो परियोजना अन्तरगत टर्कीबाट उत्तरी साइप्रस
टापुमा वर्षेनी ७ करोड ५० लाख क्युबिक मिटर
खानेपानी आपूर्ति हुनेछ । उत्तरी साइप्रस टापुले
खानेपानीको तिब्र संकट बेहोर्दै आएको थियो ।
यसरी लगिएको पानीमध्ये आधामात्र खानका
लागि उपयोग गरिनेछ भने आधालाई सिंचाइमा
प्रयोग गरिनेछ ।
यो परियोजना अन्तरगत अनामुर नदीमा बाँधिएको
अलाकोप्रु बाँधको पानीलाई पाइपको माध्यमले
क्रेनिया नजिकैको गेसिटकोए बाँधमा खसालिनेछ ।
त्यसक्रममा समुद्रमुनि मात्रै ८० किलोमिटर लामो
पाइपलाइन ओछ्याइएको छ । समुद्री सतहको अढाइ
सय मिटर तल पानीमा पाइपलाइन झुण्डिरहेको छ ।
समुद्रको ८० किलोमिटर सँगै टर्किस भूमिमा २३
किलोमिटर पाइप रहेको भने जमिनमा रहेको थप
पाइपबाट पानी साइप्रस पूराइएको हुरियत दैनिकले
जनाएको छ ।
समुद्रमुनि ओछ्याएका पाइप वास्तवमा स्मार्ट पाइप
हुन् । ती पाइपमा सेन्सर जडान गरिएको छ जसले यदि
पाइपमा नोक्सानी पुगेमा तथा टुटफुट भएमा
जानकारी प्रदान गर्दछ ।
सन् १९९५ मै धनाढ्य उजेइर गारिहले यो परियोजनाको
कल्पना गरेका थिए । तर केवल सन् २०१२ मा मात्रै यो
परियोजनाको शिलान्यास भएको थियो ।
0 comments:
Post a Comment