Home » » यू-१९ टोलीका प्रत्येक सदस्यलाई एन्फाद्वारा जनही २ लाख दिने निर्णय

यू-१९ टोलीका प्रत्येक सदस्यलाई एन्फाद्वारा जनही २ लाख दिने निर्णय

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


यू-१९ साफ च्याम्पियनसिप विजेता नेपाली
टोलीका प्रत्येक सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ
एन्फाले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले
नगदसहित खेलाडीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको
हो। यसैबीच खेलाडीहरुको सम्मानका लागि एन्फाले
आफूसँग आवद्ध ४५ जिल्लाबाट एक लाख रुपैयाँ संकलन
गर्नेसमेत निर्णय गरेको छ।
यस्तै खेलाडीको प्रोत्साहनका लागि विभिन्न
कर्पोरेट हाउसहरुलाई पनि आग्रह गरिने एन्फाले
जनाएको छ।
शनिबार काठमाडौंमा सम्पन्न पहिलो यू-१९ साफ
च्याम्पियनसिपमा चिर परिचित भारतलाई ५-४ले
हराउँदै नेपालले दुई दशकपछि उपाधि अन्तराष्ट्रिय
फुटबलमा उपाधि उचालेको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved