Home » » सशस्त्र र नेपाल प्रहरीलाई गाडी र गोलीगठ्ठा किन्न सरकारले दियो २ अर्ब

सशस्त्र र नेपाल प्रहरीलाई गाडी र गोलीगठ्ठा किन्न सरकारले दियो २ अर्ब

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, भदौ ९ – सुरक्षा प्रमुखहरुले गोलीगठ्ठा र
गाडी नभएको भन्दै गुनासो गरेपछि सरकारले २ अर्व
रुपैयाँ निकासा गरेको छ । मंगलवार बसेको
मन्त्रीपरिषदको वैठकले सुरक्षा निकायका लागि दुई
अर्व रुपैयाँ निकासा गरेको हो ।
आफूहरुसँग पर्याप्त गोलीगठ्ठा र सवारी साधन नहुँदा
कैलालीको टीकापुरमा घटना भएको भन्दै सुरक्षा
निकायका प्रमुखहरुले गुनासो गरेका थिए ।
अर्थ मन्त्रालय स्रोतका अनुसार शसस्त्र प्रहरीलाई ९७
र नेपाल प्रहरीलाई ९६ करोड रुपैयाँ निकासा
गरिएको हो ।
६ प्रदेशमा सहमति भएलगत्तै शान्ति सुरक्षाको
अवस्थावारे प्रमुख चार दलका नेताहरुले सुरक्षा
निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।
संविधानसभाको चुनावमा भारतबाट आएका १४ सय
गाडी चुनावपछि सुरक्षा निकायले प्रयोग गर्दे
आएका थिए ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्च अधिकारीले
आफ्नो परिवारका सदस्यका लागि समेत कार्यलयका
गाडी प्रयोग गने गरेकाले गाडीको समस्या आउने
गरेको गृहमन्त्रालयका एक अधिकारीले बताए । उनले
गृहमन्त्रालयका सह–सचिव सम्मका कर्मचारीसँग पनि
दुई–दुई वटा गाडी रहने गरेको जानकारी दिए ।
‘सुरक्षा निकायका अधिकारी र गृहमन्त्रालय
सिनियर कर्मचारीबाटै गाडीको दुरुपयोग भैरहेको छ’
ति अधिकारीले भने ।
मंगलवार बसेको मन्त्रीपरिषदको वैठकले टीकापुरमा
भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान
गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा
मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय पनि गरेको
थियो । टीकापुर घटनाको अध्ययन तथा छानबिन
गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य
निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त
प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन
थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश
अधिकारी र सहसचिव विनोद केसी रहेको समिति
गठन गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved