Home » , » तिम्ल्याहा डाक्टरले एउटै केटी मन पराएपछि…

तिम्ल्याहा डाक्टरले एउटै केटी मन पराएपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तिम्ल्याहाका डाक्टर सौगात, सौजन र सौरज
देवकोटाका धेरै रुची मिल्छन् । धेरै कुरामा समानता छ
। उनीहरुले कुनैबेला केटी समेत एउटै मन परेको बताएका
छन् ।
उनीहरुका रुचीका विषयमा गरेको प्रश्नमा सौजनले
भने, ‘कुनैबेला केटी समेत एउटै मन पथ्र्याे ।’ सँगै आमावुवा
देखेपछि लजाउँदै उनले तीन भाईले यस विषयमा सहमति
खोजेको बताए । अहिले भने उनीहरुले फरक केटी रोज्ने
गरेको खुलाए ।
वुवाआमाको रोजाइमा पहिरन लगाउने उमेरसम्म एउटै
खालको पहिरन लगाए । पछि उनीहरुलाई फरक देखिने
चाहना हुन्थ्यो तर एउटै कलरको उस्तै पहिरन सबैलाई मन
परेर हैरान हुन्थ्यो । कान्छा सौरजले भने, ‘सामूहिक
पहिचानबाट आफ्नै पहिचान बनाउने भनेर फरक लुगा
लगाउने सोचिन्थ्यो । तर, एउटै कलर र उस्तै डिजाइन मन
पर्दा अप्ठ्यारो पथ्र्याे ।’
अचेल उनीहरु फरक रंगको पहिरन लगाएर मात्रै सँगै
हिड्छन् । पढाइमा अब्बल छँदैछन् । उनीहरु खेलकुद गायन र
मोडलिङमा समेत रुची राख्छन् । तीन जनाकै स्वर दुरुस्तै
छ । तर, गीत गाउँदा एकअर्काको आवाज सुनेर समेत
आनन्द लिन्छन् । सौरभले भने, ‘साथीहरु अनुहार नदेखेसम्म
कसले गीत गुनगुनाउँदैछ भन्नेसम्म पत्तो पाउदैनथे ।’
एउटालाई मन परेको गीत समेत तीनजनालाई मन पर्ने
माइला सौजनले बताए । वुवा शिवप्रसाद देवकोटा
भने एउटै विषयमा सबैको समान रुची भएकैमा दंग पर्थे ।
भने, ‘छोराहरुलाई हामीले भेदवभाव गरेको जस्तो
देखिएला भनेर साह्रै चिन्ता लाग्थ्यो ।’ उनीहरुकी
आमा सकुन्तलाले सन्तुष्टि पोखिन्, ‘हामीले समान
व्यवहार गरेर यहाँसम्म पु¥यायौँ, अब अघि आफ्नै
तरिकाले बढ्छन् ।’ स्वास्थ्य खबरपत्रिकामा समाचार
छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved