भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३१ भदौ, काठमाडौं । प्रमुख चार दल र आन्दोलनरत
थरुहट संयुक्त संघर्ष समितिबीच वार्ता भएको छ । तर,
एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् ।
बालुवाटारमा भएको वार्तामा थारु नेताहरुले
आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता
रिहा गर्न र धरपकड रोक्न माग गरेका छन् ।
साथै उनीहरुले सेना फिर्ता सहितका सातबुँदे माग
पुरा गर्न आग्रह गरेका छन् । ‘शीर्ष नेताहरुले धरपकड
रोक्छौं भन्नु भएको छ’ थारु नेता सन्तोष थारुले
अनलाइनखबरसँग भने ।
शीर्ष तीन नेता नै बस्ने भनिएपनि बैठकमा एमाले
अध्यक्ष केपी ओली र एमाओवादी नेता बाबुराम
भट्टराई भने अनुपस्थित भएका छन् ।
ओली नआएको भन्दै थारु नेता राजकुमार लेखी भने बैठक
छाडेर निस्किएका छन् । ‘आधा घण्टासम्म कुरेँ तर, केपी
ओली र बाबुराम भट्टराई आउनु भएन’ लेखीले भने-‘केपी
ओली बिनाको बैठकको कुनै अर्थ छैन भनेर म उठेर हिँडे ।’
आफूहरु निकासका लागि वार्तामा बस्न तयार
भएको र शीर्ष नेताहरुमा गम्भीरता नदेखिएको उनले
बताए ।
बैठकमा एमालेका तर्फबाट माधवकुमार नेपाल
सहभागी थिए भने कांग्रेसबाट प्रधानमन्त्री सुशील
कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा
सहभागी थिए । एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम
लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि
वार्तामा सहभागी भएका छन् ।
0 comments:
Post a Comment