Home » » पारिश्रमिक घटाउन सैफलाई दबाब....

पारिश्रमिक घटाउन सैफलाई दबाब....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– भारतीय अभिनेता सैफ अली खानलाई
हालका दिनहरुमा आफ्नो पारिश्रमीक घटनाउन
दबाब बढ्न थालेको छ । सन् २०१४ मा उनका अधिकांश
फिल्महरु फ्ल्प भएपछि उनलाई यस्तो दबाब
बढेको हो ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार उनलाई
निर्माता–निर्देशकहरु पुरानो पारिश्रमीक दिन
तयार छैनन् भने सैफ आफ्नो पुरानो पारिश्रमीक
भन्दा तल झर्ने मानसिकतामा छैनन् ।
निर्माता रितेश सिधवानीले सैफलाई लिएर ‘मि.
चालू’ भन्ने फिल्म बनाउने योजनामा थिए जुन अहिले
उनको पारिश्रमीकको टुंगो लाग्न नसकेका कारण
चिसिएको छ । फिल्ममा महिलाहरुको पछि लाग्ने
एउटा व्यक्तिको कहानी छ, जसमा सैफले मुख्य
भुमिका निभाउने कुरा थियो । जसमा कंगना रनौत
पनि छिन् ।
निर्माता सिधवानीको प्रोडक्सन
कम्पनी एक्सेलबाट उनलाई आफ्नो पारिश्रमीक
घटाउन भनिएको थियो । तर सैफले पारिश्रमीक
घटाउन नमानेर फिल्म खेल्नै इन्कार गरिदिए । हाल
सैफ यी चिन्ता भुलाउन श्रीमती करीना कपुरसँग
स्विजरल्यान्डमा छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved