भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, माघ – सिन्धुपाल्चोक जलबिरेका ८६
वर्षीय मेहरमान खड्का अष्ट्रेलियामा रहेका डाक्डर
छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा
टोलाइरहेका छन् । सन्तान र आफन्तले
बेवास्ता गरेपछि उनको वाध्यताको बसाइँ
बनेको हो वृद्धाश्रम । “दुई भाइ छोरामध्ये
जेठो छोरा भारतमा ठूलो व्यापारी छ, उसले मलाई
कुनै वास्ता गरेन, कान्छो छोरो अस्टे«लियामा छ,
उसले पनि मलाई हेला गरेर आफ्नी आमालाई मात्र
लिएर गयो” – मेहरमानले गुनासो गरे । उनले भने –
“सन्तानले छोडे पनि सँगै जिउने मर्ने कसम
खाएकी श्रीमतीले समेत दुःखका बेला छाडेर छोराकै
पछि गई ।” बुढेसकालमा छोरा, बुहारी र
नातिनातिना वा आफन्तको सहारा पाइयोस् भन्ने
सबै बाबुआमाको चाहना हुन्छ । तर आफ्नो मन
छोराछोरीमाथि छोराछोरीको मन
ढुङ्गामाथि भनेजस्तो सन्तान
निष्ठूरी भएपछि कसैको केही लाग्दैन ।
बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम
बढेको र अन्य कारणले हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन् पशुपतिमा टोलाएर बस्ने गरेका मेहरमान ।
महिला, बालबालिका तथा समाज कल्याण
मन्त्रालयअन्तर्गतको समाज कल्याण केन्द्र वृद्धाश्रम
पशुपतिका २३० वृद्धवृद्धा छन् । अस्टे«लिया,
अमेरिका, बेलायत र क्यानाडालगायतका मुलुकमा विदेशिएका सन्तानका वृद्ध आमाबुबा यो आश्रममा जीवनको अन्तिम दिनहरू गुजार्दैछन् ।
पशुपति वृद्धाश्रममा २०६७ सालदेखि बस्दै
आएका ललितपुर ठूला दुर्लुङका ७७ वर्षीय भीमनाथ
दुलाल र सात वर्षदेखि बस्दै आएका दाङ
पञ्चकुलेका कुलबहादुर
खत्रीको पनि मेहरमानको भन्दा फरक छैन पीडा ।
ढल्कँदो उमेरमा स्मृतिमा बेलाबेला देखापर्ने सम्झना र
सुख दुःखका कुराहरू साटासाट गर्दै
यो आश्रमका वृद्धवृद्धाको दिनचर्या बित्छ ।
बुढेसकालमा बिहान बेलुका दुई छाक टार्न
अर्काको घरमा काम गर्न
बसेकी फूलकुमारी तामाङको ६१
वर्षमा शिरको सिउँदो पुछियो । बाँकी एकमात्र
सन्तानका रुपमा छोरा रविनलाई दुःखजिलो गरेर
हुर्काएर अध्ययनका लागि जापान पठाए । तर,
जापानबाट आएपछि रविनले आमालाई वास्ता गरेनन्
। नचिनेझैँ गरी बोल्दासमेत बोलेनन् । छोरालाई भनेर
उनले रातदिन दुःख गरेको रविनले चटक्कै बिर्से ।
“विदेशबाट आएपछि अहिले उसले मलाई नै चिन्दैन
बोल्दैन । बरु यस्तो सन्तान हुनुभन्दा त बाँझै बस्नु बेस”– गहभरि आँसु पार्दै फूलकुमारीले भनिन् ।
पछिल्लो जनगणनाअनुसार करिब २६ लाख ज्येष्ठ
नागरिक छन् । सन्तानले नै बेवास्ता गरेपछि सक्नेहरू अधिकारका लागि सडकमा सङ्घर्ष गरिरहेका छन् । नसक्नेहरू वृद्धाश्रमहरू खोजिरहेका छन् । सडकमा मगन्ते जीवन जिउन बाध्य छन् ।
0 comments:
Post a Comment