भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, जेठ ११– सर्वोच्च अदालतका पूर्व
न्यायाधीश तथा वरिष्ठ न्यायाधीश भरतराज
उप्रेतीले आत्महत्या गरेका छन् ।
उनले सोमबार बिहान ज्ञानेश्वरस्थित आफ्नै
निवासमा आत्महत्या गरेको प्रहरी उच्चस्रोतले
रातोपाटीलाई बतायो । प्रहरीले घटनास्थलबाट
‘सुसाइड नोट’ बरामद गरेको छ । सुवाइड नोटमा
जीवनमा सहि गलत दुबै काम गरेको भन्दै उपे्रतिले हाल
आएर भने मर्न इच्छले मर्न चाहेको उल्लेख गरेको नाम
उल्लेख नगरिदिन आग्रह गर्दै ती प्रहरी उच्च
अधिकारीले रातोपाटीलाई बताए । उनले आफ्नो
लाश नजलाउन भन्दै अस्पताललाई दिन समेत सुसाइड
नोटमा भनेका छन् ।
सुसाइड नोटमा उनले आत्महत्यालाई ‘इच्छा मृत्यु ’
भनेपनि मर्न चाहनुको कारण भने उल्लेख नगरेको
जनाइएको छ ।
सो नोटमा न्याय सेवाका विभिन्न
घटनापरिघटनाको समेत स्मरण गरिएको बताइएको छ ।
उनको शब अहिले त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जमा राखिएको छ । उनले आत्महत्या गरेको
खबर पाएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ
लगायतका न्याय क्षेत्रका व्यक्तिहरु अस्पतालमा
पुगेका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको
छ । श्रोत रातो पाट
0 comments:
Post a Comment