भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, साउन ६
पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक
मस्यौदा संशोधन दलका नेताहरुलाई सुझाव दिएका
छन्।
कार्यक्रममा सम्बादादाताहरूको प्रश्नमा पूर्वराजा
ज्ञानेन्द्रले भने,‘ब्यवहारिक ढंगले केही न केही अर्को
एउटा मस्यौदा पनि आओस् भन्ने हाम्रो चाहना र सबै
हाम्रो नेताहरूलाई आग्रह पनि छ।’
सभासदहरूले सोमबार र मंगलबार मुलुकभरबाट
नागरिकका सुझाव संकलन गरेको भोलिपल्ट पूर्व
राजा ज्ञानेन्द्रबाट यस्तो अभिव्यक्ति आएको हो।
राजधानीको बसन्तपुरस्थित महादेवस्थानमा
आयोजना गरिएको क्षमा पूजामा सहभागी हुन
आएका पूर्वराजा शाहले जनताका मर्म र भावनालाई
संविधान समेट्नुपर्ने बताए।
झन्डै एक घण्टा क्षमा पूजामा सहभागी भएका
ज्ञानेन्द्र त्यसपछि भूकम्पले क्षति पुर्याएको
हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका थिए।
0 comments:
Post a Comment