Home » » इतिहासको क्रुर सत्यः भारतीयहरु यस्तो अवस्थामा पुग्दा पनि ब्रिटिसले लुट्न छाडेका थिएनन....

इतिहासको क्रुर सत्यः भारतीयहरु यस्तो अवस्थामा पुग्दा पनि ब्रिटिसले लुट्न छाडेका थिएनन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– बेलायतीहरुले जब भारतमा शासन गर्न थाले
तिनीहरुले भारतबाट जसरी भए पनि आय गर्ने सोच
बनाएका थिए । त्यो शासन क्रुर र भारतीयहरुप्रति
अलिकति पनि सहानुभूति जगाउने खालको थिएन ।
ब्रिटिस राज हुञ्जेल भारतमा अनगिन्ती अनिकाल
परे । वर्षात नहुँदा सुख्खाको कारण सिर्जना हुने
अनिकालले सबैभन्दा बढी प्रभाव चाहिँ बंगालमा
पार्यो । सन १७७० मा पहिलो अनिकाल देखियो ।
त्यसपछि १७८३ , १८६६, १८७३, १८९२, १८९७ र १९४३–४४
मा घातक अनिकालको सामना भारतीयहरुले गरे ।
ब्रिटिस राज अघि जब अनिकाल देखा पथ्र्यो,
त्यसबेलाका राजाहरुले तुरुन्तै त्यस्ता समस्याको
समाधान गर्न पहल गर्थे । ब्रिटिस राज सुरु भएपछि
प्राकृतिक स्रोत साधनहरुलाई बेलायतीहरुले आफ्नो
फाइदाको लागि प्रयोग गरे । जसका कारण समयमा
वर्षा हुन छाड्यो, त्यहि कारण अनिकाल उत्पन्न
हुन्थ्यो । सुख्खासँग जुध्न ब्रिटिसहरुले केही त गर्थे, तर
उनीहरु भारतबाट हुने आयमा आएको अवरोधका कारण
धेरै क्रुद्ध हुन्थे ।
१७७० को पहिलो अनिकालले निर्ममतापूर्वक धेरैको
ज्यान लियो । मानिसहरु खान नपाएकै कारण मरे ।
१७६९ मा सुरु भएको अनिकालले १७७३ सम्म धेरैको ज्यान
लिएको बताइन्छ । यो अनिकालले करिब १ करोड
मानिसलाई मृत्युको मुखमा पुर्यायो । बंगालमा
उत्पन्न यो अनिकालले एक तीहाई जनसंख्या कम
गरिदियो । जोन फिस्केको ‘द अनसिन वल्र्ड’मा
यसबारे उल्लेख छ । १७७० को बंगलाको अनिकाल १४ औ
शताब्दीको यूरोपको प्लेग भन्दा पनि घातक रहेको
सो पुस्तकमा उल्लेख छ । मुगल राज हुञ्जेल किसानले
आफ्नो उब्जनीको १०–१५ प्रतिशत कर सरकारलाई
बुझाउनु पथ्र्यो । त्यो कर बुझाउनको मतलव भविष्यमा
आइपर्ने समस्याको समाधान राज्यले गर्ने भन्ने
बुझिन्थ्यो ।
e१७६५ मा अलहवादले इस्ट इन्डिया कम्पनीसँग एक
सम्झौतामा हस्ताक्षर गर्यो । मुगल सम्राट शाह
अलाम द्धितियसँग भएको सो सम्झौतापछि इस्ट
इन्डियाले नै कर संकलन गर्ने अधिकार प्राप्त गर्यो ।
त्यसपछि इस्ट इन्डियाले ५० प्रतिशतसम्म कर वृद्धि
गर्यो । तर पनि किसानहरुले आफूहरुले बुझाएको कर
आफ्नै शासकलाई जान्छ ठानेर उब्जनी बुझाइरहे । ५०
प्रतिशत उब्जनी सरकारलाई बुझाउनु परेपछि
किसानहरुको जीवन प्रभावित भयो । हजारौं
मानिसहरु बाँच्नका लागि अन्यत्र लागे । धेरै
मानिसहरु खान नपाएर मरे । जसले बंगाल छाडेनन् ती
धेरैजसो मरे । खेतिका लागि छुट्टयाइएको जमिन
छाडेर धेरै हिँडे । तिरहुत, चम्पारन र बेठिया पनि
नराम्रोसँग प्रभावित भए ।
त्यसपछि इस्ट इन्डिया कम्पनीले अनिकालमा मरेका
मानिसका परिवारलाई क्षतिपूर्ति दिन भनेर फेरि
भूमिकरमा ६० प्रतिशत वृद्धि गर्यो । जीवित
किसानहरुले ब्रिटिस राजको लागि दोब्बर कर तिर्नु
पर्ने भयो । यसो गर्नुको कारण चाहिँ बेलायतीहरुले
आफ्नो आय नघटाउने उपाय थियो । त्यो बेला
भारतीयहरुले मकै, गहुँ तरकारी उब्जाउ गर्थे । ब्रिटिस
शासकहरुले नगदे बाली लगाउन उर्दी जारी गरे । ती
बालीको मूल्य राम्रो आउने भन्दै बाली परिवर्तन गर्न
लगाए । त्यसो गर्न लगाएर बेलायतीहरुले सन १७६८ मा
भन्दा बढी आय अनिकाल लागेकै वर्ष १७७१ मा प्राप्त
गरे । बेलायती शासकले आफ्नो नाफाका लागि
बालि परिवर्तन गर्न लगाएको तथ्य बंगालीहरुले बुझ्न
सकेनन् । सन १७७१ को अनिकाल पछि सन १९४३ को
अनिकालले ३० लाख मानिसहरु मरे । त्यसबेला
बाँच्नकालागि मानिसहरु घाँस र मान्छेकै मासु पनि
खाएको बताइन्छ ।
त्यसबेलाका बेलायती प्रधानमन्त्री विन्स्टन
चर्चिलले भारत जान लागेको औषधि र खाद्यसामग्री
सुविधा सम्पन्न यूरोपका सैनिकहरुलाई पठाए । जब
भारत सरकारले अनिकालले छटपटाएका मानिसहरुको
फोटो चर्चिललाई पठायो, त्यसपछि उनले भने,‘उसो
भए गान्धी अहिलेसम्म किन मरेको छैन ? ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved