Home » » जनकपुरका नेपाली भए क्लिनरदेखि मालिकसम्म...

जनकपुरका नेपाली भए क्लिनरदेखि मालिकसम्म...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दोहा । बैदेशिक रोजगारीको शिलशिलामा
खाडी मुलुक कतार आउने नेपालीको संख्या ४ लाख
भन्दा बढी छ । अधिकांश नेपालीहरुको न्युन तलव छ ।
तर कतारमा केही यस्ता नेपाली छन्, जो ४ सय
रियाल तलवमानमा क्लिनरको काम गरेर आज
कतारको सफल व्यवसायी बन्न पुगेका छन् ।
क्लिनरको काम गर्ने जनकपुरका २९ बषर्ीय अब्दुल
बासिद आज कतारीको कम्पनीसँग टक्कर गर्दैछन् ।
नेपालबाट उनी वेटरको कामका लागि ६० हजार
तिरेर सन् २००५ मा कतार छिरेका थिए । उनको मेहनत
र लगनशिलताले आज उनी कतारको एक सफल
व्यवसायीको रुपमा अगाडि बढी रहेका छन ।
उनका भाईहरु अब्दुल हाफिज र अब्दुल कादिरले उनलाई
साथ दिईरहेका छन् । नेपालमा दैनिक गुजारा चलि नै
रहेको थियो । प्सल टु उतीर्ण गरेपछि विदेश आएका
उनले शुरुका दिन होटलमा भाडाँ माझ्ने काम गरे ।
भाँडा माझ्ने क्रममा कतारमा नै जुस बनाउन सिके ।
होटलमा आउने ग्राहकले टिप्स दिएको एकदुई रियालले
महिना भरीको खर्च चलाउने गर्दथे ।
तलव पनि थोरै भएका कारण उनी १ बर्षपछि नेपाल
फर्किए । नेपालमा बुबासँग मिलेर क्याटरिङ्गको
व्यवसाय शुरु गरे । त्यो व्यवसायले पनि साथ
नदिएपछि उनले सन् २००७ सालमा आफ्नो भाई अब्दुल
हाफिजलाई सेल्सम्यानको काममा कतार पठाए ।
अब्दुल बासिद पुनः सन् २००८ मा कतार प्रवेश गरे ।
बिनायोजना फेरि कतार फर्किएका उनले यहाँका
स्थानीय कम्पनीहरुसँग मिलेर काम गर्न थाले । बाहिर
दिनभरी घुमेर काम खोज्न थाले । उनले १ बर्षसम्म काम
सिक्नका लागि मेहनत र लागत खर्चिनु पर्यो । आफूसँग
पुँजी नभएका कारण आफैले खोजेको काम अरुलाई
दिनुपर्ने थियो । विस्तारै बजारको अनुभव लिदै
गएपछि आफैले ब्यवसाय गर्ने योजना बनाए ।
कतारमा प्रायः नेपालीहरुले लेवर सप्लाईको काम
गर्छन् तर उनले फरक सोच बनाए । सन् २०११ म्ाा अब्दुल
हाफिसले टे्रडिङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनी खोले ।
उनले यहाँको स्थानीय मार्केटबाट नगदमा निमार्ण
सामाग्री खरिद गरेर उधारोमा बेच्न थाले ।
उनको आफ्नै कमाईले कम्पनी खोलेका थिए तर त्यो
व्यवसायबाट समेत नोक्सान बेहोर्नु परेयो । अफिसको
भाडा समेत तिर्न पुगेन । उनले फेरि मेसिनरी टुल्सको
काम शुरु गरे । यो व्यवसायले केही राहात मिल्यो ।
विदेशमा हुने व्यवसायिक सेमिनारहरुमा भाईलाई
पठाउने गर्थे । अन्य देशहरुमा पुग्ने क्रममा भाईले रिपि|
mजेरेटर र एयर कन्डिसनको व्यवसाय शुरु गर्ने सोच
बनाएर कतार फर्के ।
उनी भन्छन ‘कम्पनी खोल्दा हामीसँग केही थिएन् तर
हामीसँग सबै थोक थियो त्यो हो आँट’ व्यवसाय शुरु
भयो । यहीँको स्थानीय बजारबाट सामान किनबेच
शुरु भयो । ग्राहकको माग कसरी पुरा गर्ने कुरामा
कसरत हुँदै गयो । कतारको बजारमा नेपाली भनेर
विश्वास गरेनन् ।
उमेर सानो भएकाले आफ्नै कम्पनी छ भन्दा कसैले
विश्वास गरेन । अब्दुल भन्छन्- ‘फोन मार्फत कम्पनीमा
पुगेर म्यानेजरसँग भेट्न साह्रै गाह्रो हुन्थ्यो । पटक
पटकको प्रयासपछि विश्वास दिलाउने काम भयो ।
कर्ममा विश्वास गर्ने हामीलाई विस्तारै कतारमा
धेरैले विश्वास गर्न थाले ।
पहिलो पटक चीनबाट सामान ल्याउँदा दोधार
भएको थियो । अहिले महिनाको ३/४ कन्टेनर सामान
आउँछ । हामीसँग आफ्नै ब्राण्ड ‘किङ्गकुल युएसए’
बजारमा छ ।’ कतारमा ४ सय तलवमा काम गर्न आएका
बासिद आज कतारका कम्पनीहरुसँग प्रतिष्पर्धी छन् ।
उनीहरुको आफ्नौ ब्राण्ड छ । उनको यस सफलतामा दुई
भाइले राम्रै साथ दिएका छन् ।
कतारका गगनचुम्बी महलदेखि यहाँको विमानस्थलसम्म
उनको कम्पनीले काम गरिरहेको छ । उनका अहिले ३
वटा कम्पनी सञ्चालनमा छन् । उनी सामाजिक
काममा समेत अग्रसर हुन थालेका छन् । कतारस्थित
नेपाली दुतावासमा ७ लाख बराबरको ३ वटा कुलर
दिएका छन् । कम्पनीको कामले पटक पटक दुतावास
पुगेका उनले कतारको गर्मीमा घन्टौ लाईनमा बसेका
नेपालीहरुको पसिना देखेका थिए ।
भुकम्प आउनु भन्दा पहिला उनले दुतावास पुगेर कुलर
लगाउने प्रस्ताव गरे तर दुतावास स्थान्तरण हुदैछ भन्ने
जानकारी पाएपछि रोकिए । गर्मी बढिरहेको
थियो । नेपालीले दुःख पाउन थालेको समाचार
बाहिर आउन थालेपछि पुनः दुतावास पुगेर उनले
सहयोग गरे ।
एनआरएनमा उम्मेदवारी
अब्दुल अहिले एनआरएनए कतारको आसन्न अधिवेशनमा
कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सानो
नोकरीबाट सफल ब्यवसायी बनेका उनी अहिले
कतारमा गैरआवसीय नेपालीहरुको हकहितमा काम
गर्न भन्दै कार्य समितिमा आउन चाहेका हुन् ।
लगनशिलता र मेहनतले जो ४ सय रियालमा जागिर
गर्न कतार छिरेका उनी आज समाजका लागि
उदाहरणीय पात्र बनेका छन् । कतारमा उद्योग खोलेर
आफ्नै ब्राण्ड बनाउने तर्खरमा छन् उनी । आफू जन्मेको
जनकपुरको बिन्दीपुर भन्ने ठाउँको नामलाई चिनाउने
उद्देेश्यका साथ आफ्नो ब्राण्डको सामान नेपाली
बजारसम्म पुर्याउने योजना रहेको उनले सुनाए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved