भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१२ भदौ, एजेन्सी।
पटक पटक भारतलाई परमाणु हतियारको धम्की
दिएको पाकिस्तानलाई अमेरिकाले धम्काएको छ।
भारतसंग तनावकम गर्न यस्तो धम्कीले कुनै मद्धत नगर्ने
अमेरिकाले बताएको छ।
एनएसए स्तरको वार्ता भङ्ग भएपछि पनि
पाकिस्तानले भारतलाई परमाणु हमलाको धम्की
दिएको थियो। यता अमेरिकाले भने भारत र
पाकिस्तानलाई वार्ता मार्फत नै समस्याको हल
निकाल्न भनेको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता जोन किर्बेले
भने, ‘अमेरकी विदेश मन्त्री जोन केरीले पहिले नै
भनेका छन् कि भारत र पाकिस्तान एकअर्कासंग
वार्ता गरेरै मिल्ती बढाउनु पर्छ। यसले लामोसमय
देखि विवादित विषयको हल हुन्छ। जसको लागि
संगै बसेर वार्ता गर्ने वातावरण तयार गरिनु पर्छ।’
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार
सरताज अजीजले केही समय अगाडी, नरेन्द्र मोदी
प्रधानमन्त्री भएपछि आफ्नो देशलाई क्षेत्रिय ताकत
मान्दै आएको अनि पाकिस्तानसंग पनि परमाणु
हतियार छ भनि विर्सेको भन्दै धम्की दिएका थिए।
0 comments:
Post a Comment