भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पाकिस्तान ४ कार्तिक / पाकिस्तानले भारतसँग लड्नका
लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी
गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले
छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी
गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी
भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ
जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी
हतियार बनाएको पुष्टि गरेका हुन् । मंगलबार वासिंगटनमा
पत्रकारसँग कुरा गर्दै उनले भने, ‘भारतको कोल्ड-स्टार्ट
डक्ट्रिन र हमलाको खतरासँग जुध्न हामीले साना तर
शक्तिशाली एटमी हतियार बनाएका छौं ।’
समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व
राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता
पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध
कडा टिप्पणी गर्दै आएका थिए ।
सन् २०१० मा भारतीय संसदमा भएको हमलापछि भारतीय सेनाले ‘पराक्रम’ अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि
विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।
त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो ।
यो ‘कोल्ड स्टार्ट’ पोलिसीका अनुसार भारतीय सेनाले ‘स्विफ्ट रिएक्सन’ (तुरुन्त जवाफी कारबाही) को रणनीति बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने
गरेको छैन ।
पाकिस्तानी आर्मीले अगस्त अन्तिममा आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै
अरु खतरा छैन। भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले
८० प्रतिशत हतियार पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।
पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २.४६ लाख करोड रुपैयाँ अर्थात
४०.०७ बिलियन अमेरिकी डलर राखेको छ । यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड
भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् ।
भारतसँग १०० न्यूक्लियर बम रहेका छन् । तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।
तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन। अन्नपुर्ण पोष्टको अनलाइनबाट
0 comments:
Post a Comment