Home » » बिना कारण पारीश्रामिक रोकेको भन्दै ५०० नेपाली शाउदीमा आन्दोलित

बिना कारण पारीश्रामिक रोकेको भन्दै ५०० नेपाली शाउदीमा आन्दोलित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


शाउदी ४ कार्तिक / विनाकारण कम्पनीले पारिश्रमिक
काटेको भन्दै साउदीको एक कम्पनीमा कार्यरत ५ सय
नेपाली श्रमीकहरु हड्तालमा उत्रिएका छन् ।
साउदी अरेबियाको दोवाध्मिमा रहेको सुल्तान
सलमानअल स्याद कम्पनीमा कार्यरत नेपाली श्रमीकले
विनाकारण प्रत्येक श्रमीकबाट १ हजार रियल कटौती
गरेको भन्दै नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन ।
काठमाडौं स्थित ‘वल्ड फेवर म्यानपावर’बाट २० महिना
अघी साउदी अरेबिया पुगेका नेपालीलाई समेत कम्पनीले
पैसा काटेपछि नेपाली श्रमीक आन्दोलित भएका
खोटाङ्गका विनोद बस्नेतले जानकारी गराए ।
म्यानपावरको वदमासीका कारण नेपाली श्रमीकको पैसा
काटिन थालेपछि बाध्य भएर काम छोडेको बस्नेतले
टेलिफोनमा जानकारी दिए । नेपालबाट साउदीजाँदा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म म्यानपावरमा बुझाएर त्यहा गएका
नेपालीलाई २० महिनापछि कम्पनीले आउँदा लागेको टिकटको खर्च भन्दै रकम काट्न थाले पछि नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।
बस्नेतका अनुसार साउदी अरेबिया जाँदा म्यानपावरले १ लाख ४० हजार लिएर ७० हजारको बिल दिएको बस्नेतले वताए । कम्पनीले पछिल्लो
समय रकम काट्न थालेपछि रकम काटिएको बारे श्रमीकले म्यानपावरसँग कुरा राखेपनि समस्याको समाधान नहुदा श्रमीक आन्दोलनमा
उत्रिएका हुन् ।
मगलबार आन्दोलित नेपाली श्रमीकले साउदी अरेबियाको श्रम अदालतमा बिना कारण कम्पनीले श्रमीकको रकम काटेको भन्दै मुद्धा दर्ता
गराएको वस्नेतले जानकारी दिए ।
६ दिनदेखि काम ठप्प पारेर वसेका नेपाली श्रमीकलाई कम्पनीले काममा फर्किन आग्रह गरेपनी समस्याको सामधान नभए नेपाली फर्किने
माग श्रमीकले राखेका छन् । सो वारे सो म्यानपावरका निर्देशक सुर्य विकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भनेर आजको अन्नपुर्ण
पोष्टको अनलाइनले खबर प्रकासित गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved