भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । अमेरिकी राष्ट्रपतिलाई थप्पड प्रहार
भएको खबर सार्वजनिक भएको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व
राष्ट्रपति बिल क्लिन्टनमाथि थप्पड प्रहार भएको
हो । अहिले अमेरिकी राष्ट्रपति पदका दाबेदार
हिलारी क्लिन्टनले विलमाथि थप्पड प्रहार गरेको
समाचार एजेन्सीले खुलासा गरेका हुन् । विल
हिलारीका पति हुन् ।
विल र हिलारीको जीवनीमा आधारित एक
किताबमा दाबी गरिएको छ कि पूर्व प्रथम महिला
हिलारी पूर्व अमेरिकी राष्ट्रपति तथा पति बिल
क्लिन्टनलाई कुटपिट गर्थिन् । किताबलाई उदृत गर्दै
समाचार एजेन्सीहरुले रिसको आवेगमा आएका बेला
हिलारीको व्यवहार एकदमै आक्रामक र हिंसक हुन्थ्यो
। विगतमा उनले बिलमाथि कैयौपटक किताब, ऐश ट्रेले
प्रहार गरेकी थिईन् र थप्पड पनि हानेकी थिईन् भनेका
छन् ।
विलका राजनीतिक सल्लाहकार राजर स्टोनले
हिलारीको बारेमा विश्वलाई जानकारी गराउन
यो किताब यसै महिनाको अन्त्यतिर सार्वजनिक
गर्दैछन् । पुस्तकको नाम हो ‘द क्लिंट्स वार अन वूमैन’ ।
‘न्यूयोर्क डेली टाइम्स’ र ‘डेली मेल’मा छापिएको
अनुसार लेखकले दाबी गरेका छन् कि हिलारी आफ्ना
पतिलाई घृणा गर्थिन् ।
तिखो बस्नुतले घोचपेच समेत गर्थिन् जसले कैयौ पटक
विलको शरीरबाट रगत बग्थ्यो । यति मात्रै होइन
उनी आफ्ना स्टाफ र सीक्रेट सर्विसका एजेन्टलाई
पनि आतंकित पार्थिन् । हिलारी अहिले
अमेरिकाको राष्ट्रपति पदकी दाबेदार हुन् ।
0 comments:
Post a Comment