Home » » पासाङ शेर्पाको चेतावनी-‘बाहुन नेताका घर खोजीखोजी आगो लगाउछौं’

पासाङ शेर्पाको चेतावनी-‘बाहुन नेताका घर खोजीखोजी आगो लगाउछौं’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २ भदौ । संविधान निर्माणको
पूर्वसन्ध्यामा सामाजिक लोकतान्त्रिक पार्टीका
नेता पासाङ शेर्पाले बाहुन नेताका घर खोजीखोजी
आगो लगाउने चेतावनी दिएका छन् ।
प्रमुख चार दलका शीर्ष नेतातर्फ संकेत गर्दै नेता
शेर्पाले आदिवासी जनजातीको अधिकारलाई
निमोटेर प्रदेशबिनाको संविधान जारी भए
खोजीखोजी बाहुन नेताका घरमा आगो लगाउने
धम्की दिएका हुन् ।
काठमाडौंको बानेश्वरमा मंगलबार भएको विरोध
सभामा बोल्दै शेर्पाले आफूहरुलाई सिध्याउन खोज्ने
नेताहरु पनि सिध्याएरै छाड्ने चेतावनी दिए ।
‘हाम्रो अधिकारलाई निमोटेर शासन गर्न खोज्ने
जो सुकैलाई पनि कुनै हालतमा छाड्दैनौं’, शेर्पाले
धम्कीको भाषामा भने-‘पहिचानविरोधी र
शेर्पाहरुको अधिकार बिनै संविधान जारी गरिए
खोजीखोजी नेताहरुका घरघरमा आगो लगाउने दिन
आउन सक्छ ।’
आफ्नो समुदायको हक अधिकार प्राप्तिका लागि
आन्दोलनमा होमिन उनले शेर्पा युवा र धर्म गुरुहरुलाई
मञ्चबाटै आव्हान समेत गरे ।
प्रमुख दलका शीर्ष नेताको नाम किटान गरेर
अपराधीको आरोप लगाउँदै उनले देश बर्बाद हुनुमा तीनै
प्रमुख दलका नेता प्रमुख कारण भएको बताए । उनले
शेर्पा समुदायको छुट्टै स्वायत्त प्रदेश नभए नाम्चे र
लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानका
विमानस्थल, यातायात र पर्यटकबाट आउने राजश्व
आफूहरुले नै संकलन गर्ने बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved