भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी : अमेरिकी फ'ड रेगुलेटरी बडी (फूड एन्ड ड्रग्स
एडमिनिस्ट्रेसन) ले महिलाको यौनशक्ति बढाउन
तयार गरिएको भियग्रा जस्तै औषधिको प्रयोग गर्न
मञ्जुरी दिएको छ ।
यसलार्इ बनाउने कम्पनी स्प्राउट फर्मास्युटिकल्सले
जनाए अनुसार अक्टुबरबाट यो औषधि अमेरिकन
बजारमा पाइनेछ । अमेरिकामा महिलाका लागि
पहिलो पटक यस्तो औषधि प्रयोग गर्न मञ्जुरी
दिइएको हो ।
यो औषधिको मेडिकल नाम फ्लिबनसेरिन रहेको छ ।
यसले अन्य प्रकारका भियग्रा भन्दा फरक तरिकाले
काम गर्नेछ । यसले यौनाङ्गहरुमा रगतको प्रबाह
बढाउनुका साथै ब्रेन केमिकल्सलार्इ पनि सक्रिय
गराउनेछ ।
यसले महिलामा 'हाइपोएक्टिभ सेक्सुअल डिजायर
डिसअर्डर' यौन उत्तेजना नहुने कुरालार्इ पनि
ध्यानमा राख्दै बनाइएको छ । अमेरिकामा १०
जनामा एक महिलामा यौन उत्तेजना नहुने तथा यौन
सम्पर्कमा इच्छा नहुने समस्या छ ।
साइड इफेक्ट्सका कारण कारण सन् २०१० र २०१३ मा
फ्लिबनसेरिनलार्इ बजारमा लैजान मञ्जुरी दिइएको
थिए । तर यो औषधि उत्पादनमा संलग्न विज्ञहरुको
टिमले भने केही विकल्प नभएका महिलाका लागि
यो औषधि बरदान सावित हुने बताउँदे आएका छन् ।
कयौं आलोचकहरुले भने फ्लिबनसेरिनले फाइदा भन्दा
बढी हानी गर्ने बताउँदै आएका छन् । यसै साल करिब २
सय बढी अनुसन्धानकर्ताले एफडिएलार्इ पत्र पठाएर
यो औषधिलार्इ बजारमा लान मञ्जुरीका लागि
अपिल गरेका थिए ।
अनुसन्धानकर्ताले गरेको अध्ययनका क्रममा यो
औषधिले महिलामा थकान, उल्टी, उच्च रक्तचाप र
बेहोसी जस्ता समस्या आउन सक्ने पाइएको छ ।
पुरुषका लागि उपलब्ध भियग्रा भन्दा फरक तरिकाले
फ्लिबनसेरिनलार्इ प्रत्येक दिन खानुपर्ने हुन्छ । यसैका
कारण यसबाट शरीरमा नकारात्मक असर पर्ने सक्ने
चिकित्सकहरुको भनाइ छ ।
अध्ययनका अनुसार मदिरा, गर्भनिरोधक औषधि र
चायापोतो जस्ता औषधिसँगै खाएमा यसको असर धेरै
नै खतरनाक हुनसक्ने छ ।
एफडीएको 'सेन्टर फर ड्रग इभ्याल्युएसन एन्ड रिसर्च'
डिपार्टमेन्टका निर्देशक जेनेट वुडककले यो औषधिले
यौनइच्छा कम हुने महिलालार्इ गतिलो साथ दिने
बताए ।
'एफडिए महिलाको स्वास्थ्य प्रति सचेत छ । हामीले
महिलामा हुने यौनोत्तजनामा देखिएको कमीलार्इ
पुरा गर्न गतिलो विकल्प भेटेका छौं', उनले भने, 'यो
औषधि भियग्रा बेच्न अनुमति पाएका हेल्थ केयर
प्रोफेसनल्स र फार्मेसीबाटै मात्र किन्न सकिनेछ ।
0 comments:
Post a Comment