Home » » 'नेपालसँग काँधमा काँध मिलाएर बढेका छौं',कोसीको समस्या मिलेरै समाधान गर्छौं: मोदी

'नेपालसँग काँधमा काँध मिलाएर बढेका छौं',कोसीको समस्या मिलेरै समाधान गर्छौं: मोदी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मोरङ, भाद्र १ - भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले नेपाल र भारत काँधमा काँध मिलाएर अघि
बढि रहेको बताएका छन् । उनले आफ्नो नेपाल
भ्रमणपछि परिस्थिति फेरिएको दावी गरे ।
'७० मिनेटमा जान सकिने नेपालमा १७ वर्षसम्म कुनैपनि
भारतीय प्रधानमन्त्री गएनन्,' उनले भने 'म
प्रधानमन्त्री भएको केही दिनमै नेपाल गएर
कुराकानीको चरण सुरु गरे ।'
नेपाल भारत सिमा क्षेत्र भन्दा ६० किलोमिटर
दक्षिण बिहारको सहरसामा मंगलबार चुनावी
आमसभालाई सम्बोधन गर्दे उनले नेपालको साथ लिएर
कोसीको समस्या समाधान गरिने बताए । ०६५ साल
भदौ २ गते सुनसरीको कुसहामा कोसीको पुर्वी
तटबन्ध भत्किएको स्मरण गर्दे त्यस्तो विपती फेरी
दोहोरिन नदिन भारत सरकार सजग रहेको भन्दै उनले
नेपाल सरकारसित मिलेर समस्या समाधानको पहल
गरिने उल्लेख गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved