भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, भदौ १– एमाओवादी नुवाकोटका
उर्लेनी गाविस सचिवतथा स्थानीय व्यवसायी
राजेश्वर मोक्तानको हत्यामा संलग्न रहेको
अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।
प्रहरीले घटनमा संलग्न रहेको आशंकामा सोहि
गाविस वडा नं-२ काल्चेका ३४ वर्षीय अमर भन्ने ध्रुव
बहादुर स्याङतानलाई पक्राउ गरेको हो । महानगरिय
प्रहरी अपराध महाशाखाले आज पत्रकार सम्मेलनको
आयोजना गरि स्याङतानलाई ईलाका प्रहरी
कार्यालय खरानीटार नुवाकोटको सहयोगमा
महाशाखाबाट खटी गएको प्रहरी टोलीले उनकै घर
काल्चेबाट पक्राउ गरि ल्याइएको जानकारी दियो
। प्रहरी अनुसन्धानबाट हाल काठमाडौंको
नेपालटार बस्दै आएका मृतक मोक्तान र तामाङसँग
पहिले निकट सम्बन्ध रहेको खुल्न आएको छ । तर, मृतकले
विगत २ बर्ष अगाडीदेखि नै पटक पटक गरी अभियुक्त
ध्रुव बहादुरले आफ्नै श्रीमती सिता थिङलाई राख्न
दिएको झण्डै २ लाख रकम मोक्तानले ब्याजमा पैसा
चलाईदिएको र मृतक मोक्तानको अभियुक्तको
श्रीमतीसंग अनैतिक सम्बन्ध समेत रहेको भनि स्थानिय
गाउँमा हो-हल्ला भएपछि दुस्मनी सुरु भएको
प्रहरीको भनाई छ । दुस्मनी सुरु हुँदै गर्दा गत श्रावण
महिनाको पहिलो सातातिर मृतक मोक्तान सँग
अभियुक्तको श्रीमतीले ब्याजमा दिएको रकम
फिर्ता माग गरेपनि मोक्तानले अभियुक्तको
श्रीमतीसंग ‘ मैले तेरो पैसा ब्याजमा लगाएको छु, म
संग भागी बिवाह गरिनस् भने पैसा दिन्न’ भन्दै सोही
समयमा अभियुक्तकी श्रीमतीलाई करणी गर्ने
मनसायले घांटीमा समाती लडाएका थिए ।
सीतामार्फत अभियुक्तले सो कुरा थाहा पाएपछि र
ब्याजमा दिएको रकम समेत नपाएका अभियुक्त र
मृतकबीच फोनबाट समेत भनाभन हुने गरेको थियो ।
विवाद बढ्दै जाँदा गत साउन २० गते दुई पक्षाीबच
काठमाडौंमा भेटेर छलफल गर्ने विषयमा फोनबाटै
सहमति भएको तर रिसको झोँकमा मोक्तालाई मार्नु
पर्छ भनि अभियुक्तले नेपालटास्थित कोठाबाट
रांगोको मासु काट्ने गरेको दाप सहितको खुकुरी
कम्मरको पछाडीपट्टी घुसारी बालाजुस्थित
माछापोखरी पुगेका थिए ।
भेटपछि माछापोखरीबाट साँझ काभ्रेस्थली तर्फ दुबै
काठमाडौंको तारकेश्वर नपा ५ स्थित काभ्रेस्थली
भेडीगोठ नजिक हाईटको एकान्तमा पुगेका थिए ।
सो स्थानमा दुई पक्षीय छलफलको क्रममा मृतकले ‘जे
हुनु भैगो म तेरो श्रीमतीलाई राख्न परे पनि राख्छु, तर
म पैसा तिर्दिन’ भनि अभियुक्तलाई भनेपछि
अभियुक्तले ‘मैले ज्याला मजदुरी गरी कमाएको पैसा
हो, श्रीमतीलाई जे गर्छस् गर् तर पैसा चाहीं मलाई
चाहिन्छ ।’ भनेकोमा दुवैजना विच हात हाला-हाल
भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
हात हाला(हालकै क्रममा घांटी थिचा(थिच गरि
एकले अर्कोलाई पछार्ने क्रममा अभियुक्तले आफ्नो
साथमा रहेको खुकुरीले मृतक मोक्तानको घांटीमा
प्रहार गरि हत्या गरेको खुल्न आएको प्रहरीले
जनाएको छ ।
बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि जमिन
चिरिएर पहिरोको उच्च जोखिन भएपछि उर्लेनी
गाविस १ र २ का बासिन्दालाई स्थानन्तरण गर्ने
अभिप्रयायले त्यतिबेला उनी काठमाडौं आएका
थिए । हत्यापछि स्थानीय जंगलमा अभियुक्तले
मोक्तानको शब गाडेर हिडेको र खोजतलासको
क्रममा गत साउन ३० गते शब भेटिएको थियो ।
मोक्तानको हत्या गर्ने स्याङतानलाई अहिले
आबश्यक कानुनी कारवाहीको लागी महानगरिय
प्रहरी बृत्त बालाजुमा राखिएको प्रहरीले जनाएको
छ ।
0 comments:
Post a Comment