Home » » मलेसियामा सेक्युरिटी गार्डमा नेपालीलाई कडाइ

मलेसियामा सेक्युरिटी गार्डमा नेपालीलाई कडाइ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, भदौ ३ – मलेसियाले सेक्युरिटी गार्डमा
नेपालीलाई थप कडाइ गर्ने भएको छ । नेपाली
कामदारलाई कडाइ गर्नका लागि मलेसियाले
भारतबाट समेत सेक्युरिटी गार्डमा कामदार लिने
भएको छ ।
यसभन्दा अघि मलेसियाले १४ मुलुकबाट कामदार लिए
पनि सेक्युरिटी गार्डमा भने नेपालबाट मात्र
कामदार लिँदै आएको छ । मलेसियाका
सञ्चारमाध्यमका अनुसार भारतको पञ्जाब,
महाराष्ट्र र गुजरात राज्यका बासिन्दालाई
सेक्युरिटी गार्डमा लिइनेछ ।
श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव
सूर्यप्रसाद श्रेष्ठले मलेसियाले अन्य मुलुकबाट पनि
कामदार लिन चाहनु उसको अधिकारको विषय
भएको बताए ।
मलेसियाले नेपाली कामदार ल्याउन महँगो परेपछि
अन्यत्रबाट सेक्युरिटी गार्ड लिन चाहेको श्रम
मन्त्रालयले बतायो । नेपालबाट वार्षिक रुपमा ३०
देखि ५० हजार सेक्युरिटी गार्डमा मलेसिया जाने
गरेको व्यवसायीको अनुमान छ । सेक्युरिटी गार्डमा
जाने कामदारले १ लाख ५० हजार रुपैयाँदेखि २ लाख
रुपैयाँसम्म म्यानपावर कम्पनीलाई बुझाउने गर्छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved