भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
'यसरी खोज्न सकिन्छ समस्याको निकास'
१५ भदौ, काठमाडौं । सरकार र मधेसी मोर्चावीच
उत्पन्न तनावले हिंसात्मक रुप लिइरहेका बेला मंगलबार
अनलाइनखबरले संघीय समाजवादी फोरमका अध्यक्ष
उपेन्द्र यादवलाई प्रश्न गर्यो- अध्यक्षज्यू, तपाईको
विचारमा अब यो संकटको निकास कसरी निकाल्न
सकिन्छ ?
सरकार र मधेसी मोर्चावीच विगतमा भएको ८ बुँदे
सहमति कार्यान्वयन भएको अवस्थामा स्वतः
समस्या समाधान हुने यादवले अनलाइनखबरलाई बताए
।
तर, त्यो सम्झौताका धेरै विषयलाई अहिलेकै
संविधानको मस्यौदाले सम्बोधन गरिसकेको
प्रधानमन्त्री सुशील कोइरालाले बताइसकेका छन्, अझै
कार्यान्वयन गर्नुपर्ने विषय के छ र ? यस्तो प्रश्न गर्दा
यादवले भने, ‘मेरो आग्रह छ, त्यो सम्झौता एकपटक
सुशील कोइरालालाई पढाइदिनोस् ।’
कसरी खोज्न सकिन्छ निकास ?
मधेसको आन्दोलनलाई साम्य पार्न र तपाईहरुको माग
पूरा गर्न कसरी सकिन्छ ? यसका लागि सरकारले अब
के-के गर्नुपर्छ ? अनलाइनखबरको अर्को प्रश्नमा यादवले
भने- ‘संविधान स्वायत्त मधेस प्रदेशको खाकासहित
आउनुपर्यो । आदिवासी जनजातिको प्रादेशिक
स्वायत्तताको अधिकार संविधानमा सुनिश्चित
हुनुपर्यो । समानुपातिक र समावेशी अधिकार
संविधानमा उल्लेख हुनुपर्यो । पहिचानलाई मान्यता
दिनुपर्यो ।’
नेता यादवले थपे- ‘मोर्चासँग पहिल्यै भइसकेको
सम्झौता कार्यान्वयन हुनुपर्यो, गोली हान्न भएन ।’
अहिलेकै मस्यौदामा संशोधन हाल्दा के हुन्छ ?
यतिबेला संविधानसभामा मस्यौदा विधेयकमाथि
संशोधन प्रस्ताव हाल्ने सातदिने कार्यसूची
कार्यान्वयन भइरहेको छ । यस्तो बेलामा मधेसी
मोर्चाले राखेका मागहरुलाई अहिलेकै संशोधन
प्रक्रियाबाट नयाँ संविधानमा घुसाएर अघि बढ्न
सकिन्छ कि सकिँदैन ? यसबारे फोरम नेता यादवले
लचकदार जवाफ दिएका छन् ।
मस्यौदामा संशोधन प्रस्तावकै माध्यमबाट समस्या
समाधान गर्न सकिने संकेत गर्दै उनले भने- ‘के गरेर जान्छन्,
त्यो उनीहरु-सरकार)को विषय हो, तर हामीले भनेका
र पहिले सहमति गरेका विषयहरुको सम्बोधन हुनुपर्छ ।’
आफूहरुले भन्दै आएको ‘पूर्ण समानुपातिक’ विषयमा
चाहिँ सम्झौता हुँदा ‘कम्प्रोमाइज’ मा आउन सकिने
यादवले बताए । तर, अहिलेको मस्यौदामा संघीयता,
प्रादेशिक स्वायत्तता, समानुपातिक, समावेशिता
एवं पहिचानको कुनै व्यवस्था नगरिएको उनले जिकिर
गरे । उनले भने- ‘अहिलेको संविधानमा यी कुनै कुराहरु
छैनन् ।’
‘सरकार हिटलरी दमनमा उत्रियो’
फोरम अध्यक्ष यादवले सरकार वार्ताप्रति
सम्वेदनशील हुनुको साटो हिटलरी शैलीको दमनमा
उत्रिएको आरोप लगाए ।
‘सरकार वार्ताप्रति सम्वेदनशील छैन, अझै नौटंकी
गर्दैछ,’ यादवले भने-‘सरकार हिटलरी शैलीको दमनमा
उत्रिएको छ, टाउकोमा ताकेर गोली हान्ने काम
गरिरहेको छ ।’
सरकारले घोर साम्प्रदायिकता देखाएको यादवले
आरोप लगाए । उनले भने-‘सरकार घोर साम्प्रदायिक
देखियो, कर्णाली र सुर्खेतको आन्दोलनलाई तत्कालै
सम्बोधन गरियो, किनभने उनीहरु सगोत्री थिए ।’
अझै पनि सरकार र आन्दालनेकारीवीच सहमति भएन
भने के हुन्छ ? मधेसको जनजीवन तहस-नहस भइरहेको छ ।
शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रुप लिन
थालिसकेको छ…. । अनलाइनखबरको चासोमा
यादवले भने-‘अझै पनि टेरेनन् भने के-के हुन्छ, के-के हुन्छ ।’
मिडियासँग गुनासो
फोरम नेता यादवले अहिलेको परिस्थितिमा
मिडियाले पनि सन्तुलित एवं जिम्मेवार भूमिका
खेलिदिन आग्रह गरे । ‘तपाई मिडियाकर्मी
साथीहरुले यस्तो बेलामा जिम्मेवार भइदिनुपर्यो ।
हिंसा राज्यले मच्चाएको हो, हामीले हैन भन्ने
बुझिदिनुपर्यो ।’
0 comments:
Post a Comment