Home » » आयरल्याण्डमाथि नेपालको सानदार जीत, विश्वकपको ढोका खुल्यो

आयरल्याण्डमाथि नेपालको सानदार जीत, विश्वकपको ढोका खुल्यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपालले आउँदो वर्ष बंगलादेशमा हुने आईसीसी यु
१९ विश्वकपमा लगभग छनोट भएको छ । नेपालले
समूह चरणको अन्तिम खेलमा बुधबार उपाधिको
दावेदार आयरल्याण्डबिरुद्ध सानदार जीत
दर्ता गराएको छ ।
समूह चरणका सबै खेलमा विपक्षीमाथि
पूर्णरुपमा हावी भएको नेपालले
आयरल्याण्डबिरुद्ध ८ विकेटको जीत दर्ता
गरेको हो । आयरल्याण्डले दिएको १८५ रनको
विजयी लक्ष्य नेपालले ४२.५ ओभरमा २ विकेटको
क्षतिमा पूरा गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको
आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा
नेपालका प्रेम तामाङले ४ विकेट लिए भने ललित
राजवंशीले २ तथा सुशील कँडेलले १ विकेट लिए ।
आयरल्याण्डले ५० ओभर खेल्दै ७ विकेटको
क्षतिमा १८४ रन बनाएको हो ।
आयरल्याण्डका लागि एरोन गिलस्पेले ५८ तथा
ज्याक टेक्कटरले ४६ रन बनाए भने टोम स्टान्टमले
३० रनको योगदान दिएका थिए ।
आयरल्याण्डले दिएको १८५ रनको सामान्य
लक्ष्य पछ्याउने क्रममा नेपालका प्रारम्भिक
ब्याट्सम्यान सन्दीप सुनार र सुनील धमाले
अर्धशतकीय पारी खेलेपछि सहज जीतको
अवस्था बनेको हो । सन्दीपले ८५ र सुनीलले ७५ रन
बनाएर आउट भए भने त्यसपछि ब्याटिङमा
आएका कप्तान राजु रिजालले विजयी छक्का
प्रहार गरी १६ रन बनाए भने योगेन्द्रसिं कार्की
चार जनमा अविजीत रहे ।
निर्धारित ५० ओभरको खेलमा नेपालले ४३ बल
बाँकी छँदै विजयी लक्ष्य पूरा गरेको हो । या
विजयसंगै नेपाल ५ राष्ट्र सम्मिलित खेलमा
शीर्षस्थानमा रहेको छ । अब नेपालले
उपाधीका लागि आयरल्याण्डसंगै प्रतिस्पर्धा
गर्नेछ । प्रतियोगताको शर्ष टोलीले यु १९
विश्वकप खेल्नेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved