Home » » विभिन्न ठाउँमा भेटियो गुण्डा घैंटेको लगानी, घैंटे मर्दा क- कस्लाई फाइदा ?

विभिन्न ठाउँमा भेटियो गुण्डा घैंटेको लगानी, घैंटे मर्दा क- कस्लाई फाइदा ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १७ भदौ । राजधानीमा कहलिएका
गुण्डाका नाईके घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी
इन्काउन्टरमा मारिएपछि केही नेता, ठेकेदार र
गुण्डालाई फाइदै फाइदा भएको छ ।
गुण्डागर्दी गरी घैंटेले थुपारेको अकुत सम्पत्ति बिना
प्रमाण परिवारका कुनै पनि सदस्यलाई जानकारी
नगराई अबैध रुपमा लगानी गर्दै आएको खुलेको
समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार घैंटेले गजुरमुखी निर्माण सेवा सबै
एकलौंटी गर्ने रणनीति अनुसार सबै साझेदारलाई
भुक्तानी चुक्ता गरिसकेका थिए ।
तर उनी इन्काउन्टरमा परेपछि उक्त कम्पनीमा कांग्रेस
नेता अर्जुननरसिंह केसीको परिवार र दिपक गौतम
परिवारको हालिमुहाली हुने भएको छ ।
त्यस्तै लाजिम्पाटमा रेष्टुरेन्ट घैंटेले रमेश कार्कीको
नाममा खोलेका थिए । रेष्टुरेन्टसगै ट्राभल्सको काम
गर्दै आएका कार्कीको अनुसन्धानको क्रममा
अस्वभाविक कारोबार देखेपछि उनलाई महानगरिय
अपराध महाशाखाले नियन्त्रणमा लिइ अनुसन्धान
गरिरहेको छ । प्रहरीले घैंटेको सबै बैंक खाता राष्ट्रबैंक
मार्फत मागिसकेको छ ।
नेपाली काग्रेसका नेता तथा सभासद धनराज गुरुङले
घैंटेसँगै सापटी भन्दै पटक–पटक गरेर २५ लाख लिएको घैंटे
निकट स्रोत बताउछ ।
नेपाली कांग्रेस खेलकुद् बिभाग प्रमुखसमेत रहेका गुरुङले
नियमावली बिरुद्ध घैंटे लगायत अन्य दश जनालाई
खेलकुद बिभागको सदस्य बनाएका थिए ।
पार्टीको बिधान अनुसार २० जना कार्यसमिती हुने
बिभागमा गुरुङले आफू अनुकुल थप १० जना सदस्य
भित्र्याएका हुन ।
पार्टीको बिधान बिपरित बनाएका सदस्यहरुमा
कुमार श्रेष्ठ ‘घैंटे’, राजु श्रेष्ठ, सिंहबहादुर राणा मगर,
तारा गुरुङ, देबेन्द्र शेरचन, चर्जु नारायण श्रेष्ठ, सम्यी
तामाङ लगायत छन् ।
घैंटे जस्ता कहलिएका गुण्डालाई राजनीतिक संरक्षण र
पद उपलब्ध गराउादै गुरुङले मनग्य असुल्दै आएका थिए ।
स्रोतका अनुसार गुरुङले सदस्य बनाए बापत घैंटेसँग ५
लाख लिएका थिए ।
त्यस्तै चन्दन तस्कर बिक्रम लामा र शान्ता महर्जनले घर
जग्गाको कारोबार गर्ने भन्दै घैंटेसाग एक करोड
लिएको अहिले खुलेको छ ।
घैंटेका सहयोगी समिरमान बस्नेत र प्रतिक श्रेष्ठलाई
पनि झण्डै दुई करोड लगानी गरेको समाचार यूनाइटेड
पोष्ट साप्ताहिकले छापेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved