भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुस्लिम देश साउदी अरब महिलाहरुको लागि
नर्कबराबर मानिन्छ । तर, यसपटक महिलाहरुका लागि
एउटा खुशीको कुरा छ कि उनीहरुले इतिहासमै
पहिलोचोटी भोट हाल्न पाउँदैछन् । पहिलोपटक
महिलाको नाम भोटर लिस्टमा राखिएको छ ।
यद्यपि अरु सबै नियम कानूनहरु पुरानै छन् जहाँ
महिलालाई मानिसभन्दा तलकोव्यवहार गरिन्छ ।
यहाँ यस्तै केहि कानूनी व्यवस्थाको बारेमा चर्चा
गरिन्छ :
एक्लै यात्रा गर्न रोक
४० वर्ष उमेर कटिसकेकी फतिमा रियादमा बस्छिन् ।
यदि उनले प्लेन चढ्नुपर्यो भने आफ्नो छोराले दिएको
लिखित अनुमति चाहिन्छ । यहाँ प्रत्यक महिलाको
एक पुरुष अभिभावक हुनै पर्छ । चाहे श्रीमान, बाबु,
छोरा वा अंल नै किन नहोस । कुनै पनि साउदी
महिलले पढाई, यात्रा, बिहेदेखि डाक्टरी जाँच
सम्मका लागि घरको पुरुष सदस्यको अनुमति
अनिवार्य लिनुपर्छ । कुनै पुरुष अभिभावकबिना उनले
मुद्दासमेत दायर गर्न पाउदिनन् ।
बालबिहेलाई प्रोत्साहन
साउदीअरबमा सानो उमेरका केटीहरुलाई बेचेर ७०, ८०
वर्षका बुढाहरुसित गराइदिने चलन हुन्छ ।
रियादस्थित एक प्रख्यात प्राध्यापक सेख अब्दुल
अजिज अल शेख केटीहरु १० देखि १२ वर्षमा विहेका
लागि तयार हुने दावी गर्छन् । उनको भनाईमा २०
वर्ष काटेपछि बिहे गर्ने केटीहरु मुर्ख हुन् ।
विदेशमा पढ्न वन्धन
साउदीमा कुनै छात्राले सरकारी छात्रवृत्तीमा
विदेशमा पढ्न जानका लागि एक पुरुष अभिभावक नभई
हुँदैन । आमा भइसकेकाहरु यसरी विदेश जानै पाउँदैनन् ।
साउदीको शिक्षा प्रणाली लैंगिक भेदभावमा
आधारित छ । छात्रको तुलनामा छात्राललाई
अधिकार नगण्य छन् । यहाँ केटीहरुलाई यसकारण मात्र
पढाईन्छ तकि उनीहरुले परम्परागत रुपमा आफ्नो
जिम्मेवारी निभाउन सकुन् ।
बलत्कारको कानून हास्यास्पद
बलत्कारकोकानून साउदीमा एकदमै हास्यास्पद छ ।
कानून कडा नभएकै कारण बलत्कारको दर यहाँ एकदमै
उच्च छ । कुनै पनि बलत्कारलाई तबसम्म अदालतले
स्वकार गर्दैन जबसम्म चार जना प्रत्यक्षदर्शीले बयान
दिँदैनन्। श्रीमतीमाथी श्रीमानले गर्ने जबरजस्ति
यौनसम्वन्धलाई त यहाँ बिलकुल जायज मानिन्छ ।
विदेशी महिला कामदारका लागि यहाँ कुनै गतिलो
कानून छैन । त्यसैले उनीहरुमाथि चर्को ज्यादति हुन्छ ।
यसकोअलावा बलत्कारसम्वन्धि समाचार सम्प्रेषण गर्न
पनि यहाँ मनाही छ । पुरुषले परस्त्रीसित सम्वन्ध
राख्दा उसलाई कुनै सजाय हुँदैन । जबकी स्त्रीले
परपुरुषसित सम्वन्ध राखेमा कठोर सजायको
भागिदार हुनुपर्छ ।
शिक्षा छ, जागिर छैन
महिला शिक्षामा साउदी सरकारले प्रशस्त रकम खर्च
गर्छ, तर उनीहरुलाई रोजगारीको कुनै व्यवस्था छैन ।
यहाँ ५७ प्रतिशत महिलाको हातमा
यूनिभर्सिटीको डिग्री छ । तर ग्राजुयट गरेका ७८
प्रतिशत तथा पिएचडी गरेका ६० प्रतिशत महिला
बेरोजगार छन् । पुरुषको तुलनामा साउदी महिला धेरै
पढेलेखेका छन् ।
कार चलाउन रोक
साउदीमा महिलाले कार चलाउन पाउदैनन् । सन् २००८
मा वाजेहा अल हुवैदरको नाम संसारमै चर्चित भएको
थियो । उनी सायदीको पहिलो महिला थिइन्
जसले अन्तर्राष्टिय महिला दिवसका दिन आफूले कार
चलाएको फोटो युट्युमा पोष्ट गरिदिइन् । उनको
साहसिक कदम पछि अलिकति परिवर्तन भने आएको छ
।
अहिले महिलालाईनीजि डाइभर र पुरुष नातेदारको
निगरानीमा कार चलाउने अनुमति दिइन्छ । एक्लैकार
चलाउँदा कैयौ महिलाहरुले कोर्रा खानुपरेको छ ।
अघिल्लो वर्षको अप्रिलमा मात्र महिलालाई
मोटरसाइकल र साइकल चलाउन छुट दिइएको थियो ।
खेलकुद र जिममा पनि प्रतिवन्ध
लन्डन ओलम्पिकमा अन्तर्राष्टिय ओलम्पिक
समितिको दवावका कारण साउदीले दुई महिला
खेलाडी पठाएको थियो । तर महिला एथलेटिक्सको
प्रशारण साउदी टेलिभिजनमा रोकियो । साउदी
महिलाहरुलाई खेल्ने र जिम गर्ने अनुमति छैन । महिला
एथलेटिक्स खेलाडीले आफलाई कुनै पनि क्लवमा दर्ता
गराउन सक्दिनन् । राष्टिय प्रतियोगितामा पनि
महिलाहरुलाई समवेश गराइदैन ।
0 comments:
Post a Comment