भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १७ भदौ । इपीएसमार्फत दक्षिण
कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको
ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले
फर्काइदिएको छ ।
गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १०
वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या,
छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली
कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई
फर्काइएको कारोबार दैनिकले समाचार छापेको छ ।
सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक
नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन
तिराई नेपाल पठाइएको छ ।
सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार
गरेको आरोपमा नेपाल फर्किएका छन् ।
खाना खाने समयमा ती युवकले कोरियन महिलाको
संवेदनशील अंग छोएको आरोप छ । त्यस्तै १६
महिनाअघि आएका नवलपरासीका अर्का नेपाली
कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता
हुनुपरेको छ ।
उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको
फोटो खिचेका थिए ।
0 comments:
Post a Comment