Home » » नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख - मन्त्री

नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख - मन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


उद्योगमन्त्री महेश बस्नेतले नेपाल छिट्टै पेट्रोलियम
पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख हुन
लागेको बताएका छन् ।
‘दश वटा पेट्रोलियम अन्वेषण सम्भावना भएका
क्षेत्रको अन्वेषण तथा उत्पादन खुल्ला गर्न हामी
अन्तिम चरणमा छौँ । यसका लागि ग्लोबल टेन्डरको
तयारीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने
गृहकार्यमा मन्त्रालय र खानी विभाग सघन
गृहकार्यमा जुटेको छ’ मन्त्री बस्नेतले भने ।
इन्टरपाइजेज जीआइएस बेस्ड माइनिङ् एण्ड
जिओलोजिकल इन्फरमेसन सिष्टम सम्बन्धी अनलाइन
सूचना प्रणाली (http://dmgnepal.gov.np/) को
उद्घाटन गदैँ मन्त्री बस्नेतले सो कुरा बताएका हुन्।
उनले डिजिटल नेपालको कुरा भैरहदाँ खानी
विभागले भूगर्भ सम्बन्धी सम्पूर्ण तथ्याङ्क भएको
आधुनिक वेवसाइट निर्माण गरी यस अभियानमा
बाजी मारेको बताए ।
उद्योग मन्त्री बस्नेतले वेव साइटको निमार्णसँगै
विगतमा खानीका लाइसेन्स झोला, बगलीमा रहने र
खानीका सूचना थोत्रा कागजमा रहने अवस्थाको
अन्त्य भएको बताए । साथै उनले खानीको डिजिटल
तथ्याङ्क मार्फत विद्यार्थी, खोजकर्ता र
लगानीकर्ता लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उद्योग सचिव जयमुकुन्द खनालले उद्योगमन्त्रालयका
सबै निकाय इ–गर्भनेन्स तर्फ उन्मुख रहेको बताउदैँ
खानीमा लगानी गर्न विदेशी तथा स्वदेशी दैनिक
जसो मन्त्रालय र विभाग धाउने प्रक्रिया
वेवसाइटको निमार्ण सँगै रोकिने बताए । उनले
वेवसाइटबाट भूगर्भ तथा खानीको नयाँ र पुराना
तथ्याङ्क पाइने उल्लेख गरे।
कार्यक्रममा खानी विभागका महानिर्देशक
सर्वजीतप्रसाद महतो, अर्थ अब्जभेटरी सिंगापुरका
प्राविधिक प्रमुख प्रमेश बेनरजी लगायतका
व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved