भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१२ असोज, जनकपुर । जनकपुर पुगेका पूर्वप्रधानमन्त्री
डा. बाबुराम भट्टराईलाई पूर्वमन्त्री एवं तराई मधेस
राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले स्वागत
गरेका छन् ।
भट्टराई जनकपुर आएका थाहा पाएपछि गुप्ता उनी
बसेको यात्री निवासमा पुगेका थिए । गुप्ता पूर्व
जानकारी विना नै पूर्व प्रधानमन्त्री भट्टराईलाई
भेट्न पुगेका थिए ।
भेटमा भट्टराईले म मधेस उपेक्षित भएकाले सहकार्य र
समर्थन जनाउन आएको बताएका छन् । भट्टराईलाई
भेटेपछि तमरा अभियानका संयोजक गुप्ताले
अनलाइनखबरसँग भने-‘मधेसको सवालमा उहाँले जुन
दृष्टिकोण राख्नु भएको छ र मधेसमाथि अन्याय
भएको र यो समास्याको समाधान हुनुपर्छ भन्नु भएको
छ । यसका लागि लागि जनकपुरमा स्वागत गरेको हुँ ।’
बाबुरामको विगतको पृष्ठभूमि र भविश्यमा अपनाउने
रणनीतिसँग कुनै मतलव नभएको भन्दै उनले मधेसको पक्षमा
उभिएकाले भेट्न गएको बताए ।
आफू राम्रो अपेक्षाका साथ भट्टराईलाई भेट्न गएको
गुप्ताले बताएका छन् । उनले भने-‘उहाँ भूपू
प्रधानमन्त्रीका रुपमा मधेस आउनु भएको छ । मलाई
आश छ उहाँले हाम्रो समस्या के हो र मधेसीले मागेको
वा भारतले थोपरेेको हो बुझ्न पाउनु हुनेछ । र
काठमाडौं फर्किएर अरु पूपू प्रम र नेताहरुलाई बताउन
सक्नु हुनेछ ।’
0 comments:
Post a Comment