Home » » लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने......

लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाण्डु, १६ भदौ– डिभी पिआरधारी
कर्मचारीलाई सरकारी सेवामा नराख्ने ऐन पारित
गराएर चर्चामा आएका सामान्य प्रशासनमन्त्री
लालबाबु पण्डितले सुगममै बसिरहने कर्मचारीलाई
दुर्गममा पठाउनका लागि कानुनमै कडा व्यवस्था गर्न
लागेका छन् ।
निजामती ऐनको पाँचौ संशोधनको गृहकार्य
भइरहेको बेला मन्त्री पण्डितले त्यस्तो प्रावधान थप्न
लागेका हुन् । मन्त्री पण्डितको योजनाअनुसार, अब
तीन वर्ष दुर्गम क्षेत्रमा नबसेमा उक्त कर्मचारीले बढुवा
हुन पाउने छैन । उनले भने,‘दुर्गममा सुरुवा गराउने, काज
मिलाएर सुगममै बस्ने अनि नम्बर पाएर बढुवा हुने चलन
नतोडेसम्म जनताले सरकारी सुविधा पाउँदैनन् । अहिले
दुर्गममा जान नचाहने कर्मचारीका लागि त्यस
ठाउँलाई आकर्षक बनाएर त्यहाँ जाने उत्प्रेरित गर्ने
योजना छ । ’
–बुधबार साप्ताहिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved