भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १० कात्तिक । नेकपा(एमाले) संसदीय दलको आजको बैठकले सत्ता
गठबन्धनका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका पार्टीका उपाध्यक्ष
विद्यादेवी भण्डारीलाई विजयी तुल्याउन सबैले प्रभावकारी भूमिका निर्वाह
गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको उक्त बैठकले सरकारमा
सामेल भएका र समर्थन गरेका सबै पार्टीका सांसदलाई अनिवार्य उपस्थित गराई
राष्ट्रपतिका उम्मेदवार भण्डारीका पक्षमा मतदान गर्न/गराउन अनुरोध गर्ने
निर्णय गरेको छ ।
बैठकपछि एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रमुख तीन दलबीच सहमतिको अझै
पनि खाँचो रहेकाले नेपाली काँग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर
राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको
जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भर्खरै सम्पन्न सभामुखको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारले
प्राप्त गरेको मतभन्दा हाम्रो राष्ट्रपतिको उम्मेदवारले बढी मत प्राप्त गर्नुहुने
निक्र्योल बैठकले निकालेको छ ।” पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा
ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सांसद रहनुभएका पार्टी
पदाधिकारीसमेतको सहभागिता थियो । रासस
0 comments:
Post a Comment