भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दुई देशका समकक्षी ओली र शरिफबीच टेलिफोन
सम्पर्क
दैनिक नेपाल २०७२ कार्तिक १० गते १६:५४
काठमाडौँ, १० कात्तिक । अफगानिस्तानको
हिन्दकुशलाई केन्द्रविन्दु बनाएर गएको
शक्तिशाली भूकम्पले पाकिस्तानमा सबैभन्दा बढी
क्षति गरेको छ । यो समाचार तयार पार्दासम्म
पाकिस्तान अढाइ सय मानिसको मृत्यु भइसकेको छ
। हजारौं भौतिक संरचना ध्वस्त भएका छन् ।
यसैक्रममा पाकिस्तानलाई सहयोग गर्न विश्वका
धेरै देशले इच्छा व्यक्त गरेका छन् । जसमध्ये सुरुमा
छिमेकी देश भारतले सहयोग गर्न अनुमति मागेको
थियो । तर, पाकिस्तानले भारतको सहयोग
अस्वीकार गरेको थियो । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज
शरिफलाई फोनै गरेर सहयोग गर्न अनुमति मागेका
थिए । तर भारत लगायत अन्य देशको सहयोग
पाकिस्तानले अस्वीकार गरेको हो । साथै उसले
आफू आफ्नो देश भूकम्पको समस्या सुल्झाउन समक्ष
रहेको जनाएको छ ।
भारत तथा अन्य देशहरुको सहयोग अस्वीकार गरेको
पाकिस्तानलाई भने अब नेपालले सहयोग गर्ने भएको
छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई
टेलिफोन गरी भूकम्पले पाकिस्तानमा पु¥याएको
जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले सक्दो
सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार
दिउँसो गएको शक्तिशाली भूकम्पले पाकिस्तान र
अफगानिस्तानमा पु¥याएको ठूलो जनधनको
क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका
तर्फबाट प्रधानमन्त्री ओलीले दुःख व्यक्त
गर्नुभएको थियो ।
विपतको यस घडीमा नेपाल सरकार र नेपाली
जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी
जनताका साथमा रहेको र नेपाल सरकारका
तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता
प्रधानमन्त्री ओलीले समकक्षी सरिफसँग व्यक्त
गर्नुभएको हो । जवाफमा सरिफले प्रधानमन्त्री
ओलीलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका
प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी
दिनुभयो ।
0 comments:
Post a Comment