भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महोत्तरी, ४ कात्तिक – महोत्तरीमा जुवाडे समूहले
प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेको छ ।
पशुपतिनगरमा मंगलबार राति भएको आक्रमणमा परी
प्रहरी हबल्दार बरुण भूमियार घाइते भएका छन् ।
आक्रमण गर्ने एक जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा महोत्तरीको विजलपुरा–९ का
रविन्द्र घोरारी रहेका छन् ।
पशुपतिनगरको पथलैया बजारमा व्यवसायिक रुपमा
जुवातासको खेल भैरहेको सूचना पाएपछि इलाका
प्रहरी कार्यालय बर्दिबासबाट गएको प्रहरी
टोलीमाथि सयौंको संख्यामा रहेका जुवाडेले
आक्रमण गरेको बर्दिबासका डिएसपी रमेश पण्डितले
जानकारी दिए । उनका अनुसार जुवाडेको समूहले
प्रहरी टोलीमाथि कटुवा पेस्तोलले आक्रमण गरेका
थिए । उनीहरुले प्रहरीको गाडीमाथि समेत आक्रमण
गरेको पण्डितले बताए । स्थितिलाई नियन्त्रणमा
लिन प्रहरीले हवाइ फायर गरेको थियो ।
0 comments:
Post a Comment