Home » » कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखमा घर्तीलाई समर्थन गर्ने

कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखमा घर्तीलाई समर्थन गर्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २९ असोज । मुलुकको पछिल्लो
राजनीतिक अवस्था र सभामुखको निर्वाचनका
विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली
कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दैछ ।
अहिले केही समयपछि सभापति सुशील कोइरालाको
निवास महाराजगञ्जमा बस्ने बैठकमा आज हुने सभामुख
र उपसभामुखको निर्वाचनमा के गर्ने भन्ने विषयमा
छलफल हुने उपसभापति रामचन्द्र पौडेलले जानकारी
दिनुभयो ।
‘सभामुख जस्तो पदमा सर्वसम्मत निर्णय हुनुपर्छ’,
उपसभापति पौडेलले भन्नुभयो, ‘सकेसम्म हाम्रो
उम्मेदवारी पर्दैन ।’ उहाँले सभामुख जस्तो पदमा सबैको
सहमति आवस्यक पर्ने बताउनुभयो ।
कांग्रेसको पदाधिकारी बैठकले सत्तारुढ दलहरुसँग
कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।
एमाओवादीले ओनसरी घर्तीलाई सभामुखमा
उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved