भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असोज २९
काठमाडौं – गृहमन्त्रालयको विवादका
कारण मन्त्री छान्न नसकिरहेका बेला
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले
वैकल्पिक सुत्र अगाडि सारेका छन् ।
गृहमन्त्रालयमा महासचिव कृष्णबहादुर
महरा र संसदीय दलको उप नेता टोपबहादुर
रायमाझीबीच विवाद भएपछि प्रचण्डले
आलोपालो प्रणालीको सुत्र अगाडि
सारेका हुन् ।
शुरुको तीन महिना महरालाई
गृहमन्त्रालयसहित पठाउने र त्यसपछि
रायमाझीलाई गृह मन्त्रालयको
जिम्मेवारी दिने प्रचण्डको प्रस्ताव
थियो । तर, रायमाझीले आलोपालो
प्रणालीका नाममा धोका हुने भन्दै
प्रचण्ड प्रस्तावलाई अस्वीकार गरेको
एकीकृत माओवादीका एक स्थायी
समिति सदस्यले बताए । रायमाझीले
आलोपालो प्रणालीलाई समेत
अस्वीकार गरेपछि प्रचण्ड थप दवावमा
परेको स्रोतले बतायो ।
गृहमन्त्रालयको विवादले एकीकृत
माओवादीले आफ्ना मन्त्रीहरु छान्न
सकेको छैन । महरा र रायमाझीबाहेक
गिरिराजमणि पोखरेल, जनार्दन शर्मा,
शक्ति बस्नेत, नन्दकिशोर पुन लगायतका
नेताहरुले पनि गृहमन्त्रालयको दावी पेश
गरेका छन् ।
त्यसैवीच पार्टीको स्थायी समितिमा
अल्पमतमा देखिएका महराले गृहमन्त्रीको
लागि लविङ गरिदिन प्रचण्ड पत्नी
सीतालाई गुहारेका छन् । ‘तपाईले
अध्यक्षलाई सम्झाइदिनुपर्यो । मलाई
गृहमन्त्रालयको जिम्मेवादी दिँदा
अध्यक्षलाई राम्रै हुन्छ ।’ महराले
सीतालाइ भनेको उद्धृत गर्दै लाजिम्पाट
स्रोतले भन्यो, ‘विगतमा पनि अध्यक्षलाई
मैले सबै किसिमले सहयोग गरेको हो ।
अहिले पनि नगर्ने कुरा भएन ।’
0 comments:
Post a Comment