
यतिबेला नेपाली चलचित्र बजारमा ‘कोही मेरो’का दुई नायक आर्यन सिग्देल र सुवास थापाको वाकयुद्धले चर्चा पाइरहेको छ । केही दिन अघि नायक सुवास थापाले अनलाइनखबरसँग कुरा गर्दै आर्यन सिग्देल नायक नभई क्यारिकेचर गर्ने पात्र रहेको आरोप लगाएका थिए । सुवासको आरोप-‘सलमानको ब्रासलेटमा खोई त आर्यनको पहिचान’ ? ‘आर्यनसँग आफ्नो पहिचान भन्ने केही पनि छैन, उनी सलमानको जस्तो ब्रासलेट लगाउँछन्, साहरुखको जस्तो अभिनय गर्छन्’, सुवासले भनेका थिए । सुवासको यो आरोपले नायक आर्यन सिग्देल ज्यादै आक्रोशित देखिएका छन् । आर्यनले सुवासलाई आफ्नो मुल्यांकन गरिदिएकोमा धन्यवाद दिएका छन् । आर्यनले सभ्य शैलीमा भने-‘नेपालमा यती धेरै कलाकार हुँदाहुँदै किन उहाँले मलाई नै टार्गेट गरेर यस्तो भन्नुभयो त ? सायद म भित्र केही रहेछ भन्ने उहाँलाई पनि लाग्दो रहेछ नि ।’ आर्यनले आफू भित्र सलमान र साहरुख दुबैको खुबी हुनु राम्रो कुरा भएको बताए । उनले भने-‘यो त राम्रो कुरा हो कि, बलिउडका दुई महारथीको गुण म एक्लै भित्र रहेछ ।’ आर्यनले आफूलाई आजसम्म दर्शकले यस्तै स्टाइलमा मन पराएको भन्दै जनताको माया पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको खुलाए । चलचित्र ‘बिर्खेलाई चिन्छस्’का निर्माता तथा कलाकार सुवास थापाले अहिलेका चल्तीका नायक आर्यन सिग्देललाई गम्भिर प्रश्न सोझाएका छन् । पछिल्लो समयमा आर्यन एक्सन शैलीमा उत्रिएपछि उनले टिप्पणी गर्दै उनको पहिचान खोजेका हुन् । तर, आर्यन नेपाली कलाकार पनि हुन् । सलमानको ब्रासलेट र साहरुखको अभिनय गर्दा उनको पहिचान खोई त ?’ उनले नेपाली कलाकारको पनि आफ्नै पहिचान भएको भन्दै त्यसलाई गुमाउन नहुने बताए । अरुकै अभिनय र अरुकै स्टाइल चोर्दा हामी कलाकारलाई दर्शकले नपत्याउने उनको तर्क छ । उनले अवार्ड पाउने वित्तिकै राम्रो कलाकार नहुने खुलाए । ‘अवार्ड पाउनु मात्र कलाकारिताको सिमा होइन, नपाउने नराम्रो कलाकार भन्न मिल्दैन’, सुवासले तर्क गरे । सुवासले साहरुख र सलमानकै नक्कल गर्ने हो भने आर्यनलाई किन हेर्ने, २ खानलाई नै हेर्दा भयो नि भन्दै ब्यङ्ग्य कसेका छन् ।
0 comments:
Post a Comment