भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र ९, २०७२- निखिल उप्रेतीले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म ‘भैरव’ सेन्सरमा 'अड्किदा अड्किदै' पास भएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको भैरवको केही दिनअघि सेन्सर गराइएको थियो । नेपाल भारत सीमानामा हुने तस्करी र अन्य गतिविधिका बारे बनाइएको यो फिल्मका केही संवाद र हिंसाका दृश्यमाथि सेन्सरले आपत्ति जनाएर फिल्म नै रोकिदियो ।
रिलिज मिति तोकिसकिएकाले सेन्सरले गृह मन्त्रालयलाई फिल्म जिम्मा लगायो । मंगलबार रातिसम्म गृह मन्त्रालयका अधिकारीहरुले फिल्म हेरेपछि केही ‘कट’सहित यसलाई सेन्सर पास गरे ।
फिल्ममा निखिल प्रहरी इन्स्पेक्टर बनेका छन् । उनको चरित्र चर्चित प्रहरी अधिकारी रमेश खरेलको चरित्रसँग मिल्दो भएको बताइएको छ ।
0 comments:
Post a Comment