Home » » आफै मरेको दृश्य खिच्दा रोएका थिए श्रीकृष्ण...

आफै मरेको दृश्य खिच्दा रोएका थिए श्रीकृष्ण...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको एक वर्ष पूरा
भएको छ । गत वर्ष साउन २४ गते राती उपचारको
क्रममा दिल्लीको एपोलो अस्पतालमा उनको निधन
भएको थियो ।
श्रीकृष्णको निधन हुनुभन्दा दुई दिनअघि मात्रै उनले
निर्माण गरेको अन्तिम चलचित्र ‘कोहिनुर’ रिलिज
भएको थियो । अन्ततः ‘कोहिनुर’ ले नेपाली
चलचित्रको इतिहासमै सबैभन्दा धेरै व्यापारको रेकर्ड
राख्यो । ‘कोहिनुर’ले नेपालमा मात्रै पाँच करोड
रुपैयाँभन्दा बढीको नेट ब्यापार गरेको थियो ।
अहिले पनि विदेशका कतिपय शहरमा चलचित्र प्रदर्शन
हुने क्रम जारी छ ।
कोहिनुरका निर्देशक आकाश अधिकारी
श्रीकृष्णसँगको सहकार्यलाई यसरी सम्भिmन्छन् :
उहाँको आवाज चित्तबुझेन
म भर्खर चलचित्र क्षेत्रमा प्रवेश गरेको थिएँ । चलचित्र
‘रणबीर’ को डबिङ गर्ने सिलसिलामा बालाजुमा
रहेको एनफएडिसीमा पुगें । श्रीकृष्ण डबिङ गर्दै हुँनुहुँदो
रहेछ । उहाँको अभिनय हेरेँ, निकै राम्रो लाग्यो । तर,
उहाँको आवाज मलाई चित्त बुझेन । कता-कता नेवारी
‘टोन’ आईरहेको थियो ।
त्यहिँ उहाँको र मेरो चिनाजान भयो । बाहिर
निस्केपछि मैले भनेँ, ‘तपाई यस्तो राम्रो अभिनय गर्ने
मान्छे तर, तपाईको आवाज राम्रो भएन । स्थानिय
(नेवारी टोन) आयो ।’
उहाँ गम्भिर भएर भन्नुभयो, ‘मलाई त आजसम्म यस्तो
सुझाब कसैले दिएकै थिएन ।’ सुधारका लागि के गर्न
सकिन्छ भनेर सुझाव पनि माग्नुभयो । मैले भनेँ, ‘हरेक
विहान आवाज निकालेर पत्रिका पढ्ने गर्नुस् ।
त्यसपछि सुधार हुन्छ ।’ यति कुरा भएपछि हामी
छुट्टयिौं ।
त्यसपछि आ-आफ्नै काममा ब्यस्त भएकाले नियमित भेट
भएन । पछि फेरी फिल्मकै सिलसिलामा भेट भयो ।
भेटमा उहाँले भन्नुभयो, ‘मैले तपाईको आइडिया
अनुसार आवाज सुधारेँ । मलाई यति राम्रो सुझाब
दिनु भएकोमा धन्यवाद ।’
यसरी सुरु भयो सहकार्य
हाम्रो दोस्ती बढ्दै गयो । यद्यपि, उहाँ र मेरो
कुराकानी व्यक्तिगतभन्दा पनि व्यवसायीक नै
हुन्थ्यो । उहाँले कहिल्यै फाल्तु कुरा गर्नु भएन ।
मैले उहाँलाई लिएर चलचित्र बनाएँ, को आफ्नो को
बिरानो । रेखा र निरुता नायिका थिए । उहाँसँग
काम गर्दा एकदमै रमाईलो भयो । उहाँले त्यहि बेला
भन्नुभयो ‘डाईरेक्टर सा’ब, म फिल्म बनाउँछु । तपाईंले
मेरो फिल्म डाइरेक्सन गर्नुपर्छ ।’ मैले हुन्छ भनेँ ।
त्यसपछि केहि समय ग्याप भयो । यसबीचमा उहाँले
‘कहाँ भेटिएला’ बनाउने निर्णय गर्नुभएछ । मलाई भेटेर
भन्नु भयो, ‘मैले शिब रेग्मीलाई निर्देशक लिएर फिल्म
बनाउने निर्णय गरेँ, कस्तो होला ?’ उहाँ र शिब
रेग्मीको प्रगाढ सम्वधबारे मलाई थाहा थियो ।
उहाँहरुले धेरै फिल्ममा सँगै काम गर्नु भएको थियो र
सफलता पनि पाउनुभएको थियो । मैले भनेँ, ‘राम्रो
गर्नु भयो । शिब रेग्मीलाई निर्देशक लिनु तपाईको
कर्तब्य पनि हो ।’
उहाँहरुको फिल्म हिट भयो । पहिलो फिल्मको
सफलतापछि मेरो उहाँसित भेट भयो । उहाँले मसित
भन्नुभयो, ‘अब मेरो फिल्म तपाईले गर्नुपर्छ । कथा छ भने
सुनाउनुस् ।’
मैले कोहिनुरको कथा सुनाएँ । उहाँले मन पराउनु भयो ।
सुरुमा कथा सुनाउदा फिल्मको नाम फिक्स भएको
थिएन । नाम हामी दुबैले सोचेर पछि राखेका हौं ।
हामीलाई स्त्रिmप्ट फाइनल गर्न मात्रै नौ महिना
लाग्यो । स्त्रिmप्टको छलफलमा प्रायः हामी
गौशलामा रहेको उहाँकै होटल इन्द्रेणीमा बस्थ्यौं ।
कहिलेकाँही मेरो अफिसमा पनि बस्थ्यौं । सुरुका
केही महिना हामी हप्तामा एकचोटी भेट्थ्यौं ।
पछि भेट बाक्लिंदै गयो ।
आफु मरेको अभिनय गर्दा रुनुभयो
हामीले नगरकोटमा बसेर स्त्रिmप्ट फाइनल गरेका
थियौं । नौ दिन नगरकोटमा बसेर हामीले ‘सिन बाई
सिन’ छलफल गर्यौं । प्रायः बेलुका नौ बजेसम्म छलफल
गरेपछि खानपिन गरेर हामी आ-आफ्नै रुममा जान्थ्यौं

हरेक दिन राती १० बजेपछि उहाँले फोन गर्नु हुन्थ्यो र
भन्नु हुन्थ्यो, यो सिनमा यस्तो गर्दा कस्तो
होला ? म विचार गर्छु भन्थेँ । भोलीपल्ट त्यही
दृष्यमा छलफल हुन्थ्यो । उहाँका हरेक सुझाब रचनात्मक
हुन्थे ।
नगरकोटबाट फर्केपछि सुटिङमा गयौं । सुटिङमा पनि
धेरै सुझाब दिनुहुन्थ्यो तर, कहिल्यै हस्तक्षेप गर्नु भएन ।
उहाँको सबैभन्दा राम्रो पक्ष नै त्यहि थियो ।
मलाई अहिले पनि याद छ । कोहिनुरमा एउटा सिन
छ, छोरा मरेपछि आमा विक्षिप्त भएको दृष्य । मर्ने
छोराको भुमिकामा उहाँ आफैं हुनुहुन्थ्यो भने
आमाको भुमिका मिथिला शर्माले निर्वाह गर्नु
भएको थियो । सो दृष्यमा अभिनय गर्ने क्रममा
श्रीकृष्ण र मिथिला दुबैको आँखाभरी आँशु हुन्थ्यो ।
श्रीकृष्णबाट सिक्नुपर्छ
उहाँ असाध्यै मिजासिलो हुनुहुन्थ्यो । स्टार हुनुको
रवाफ कहिल्यै देखाउनु भएन । ठूलालाई सम्मान र
सानालाई आदर गर्ने कुरामा उहाँ जहिल्यै अगाडी हुनु
हुनुहुन्थ्यो । अर्को कुरा उहाँले महिलालाई जहिल्यै
सम्मान व्यवहार गर्नुभयो । महिलाकै कारण कहिल्यै
कुनै बिवादमा आउनु भएन ।
मिडियासँग मित्रताकाे व्यवहार गर्नु उहाँको
अर्को लोभलाग्दो पक्ष हो । उहाँ फिल्मसंग
सम्बन्धित विषयमा जहिल्यै खुलेर कुरा गर्नुहुन्थ्यो ।
(निर्देशक अधिकारीसंग कुराकानीमा आधारित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved