Home » , » जहाँ पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड दिइन्छ, कर्मचारीले मात्र कार किन्न पाउँछन...

जहाँ पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड दिइन्छ, कर्मचारीले मात्र कार किन्न पाउँछन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कम्युनिष्ट देश उत्तर
कोरिया बेलाबेलामा विवादमा आउने गर्छ ।
अत्यधिक निरंकुशता, चरम भ्रष्टाचारका कारण मात्र
होइन भोकमरीबाट धेरै मानिसले वर्षेनी ज्यान
गुमाउने गरेका तथ्यहरु समेत पश्चिमा देशहरुले उत्तर
कोरियालाई आरोप लगाइरहने विषय बनिरहेका छन्
। उत्तर कोरियाको कानून कडा छ भन्नेमा शंकै छैन ।
शासकको स्वार्थ बाझ्यो भने जस्तोसुकै वरिष्ठ
अधिकारी तथा आफन्तलाई समेत मृत्युदण्ड दिने
गरिएको निकट वर्तमान साक्षी छ । उत्तर
कोरियाका केही अत्यन्तै कठोर तथा आश्चर्यजनक
कानून तथा तथ्यहरु यस्ता रहेछन्ः
· उत्तर कोरियामा पोर्न फिल्म हेर्नु गम्भीर अपराध
हो । कसैले पोर्न फिल्म हेरेमा उसलाई
मृत्युदण्डको सजाय दिइन्छ ।
· अन्तराष्ट्रिय समाचार संस्थाहरुको दाबी अनुसार
उत्तर कोरियामा केवल सैनिक अधिकारी तथा उच्च
सरकारी कर्मचारीले मात्र कार राख्न पाउँछन् ।
सर्वसाधारणलाई निजि उपयोगका लागि कार
किन्ने र घरमा राख्ने अनुमति छैन ।
· उत्तर कोरियामा जिन्सका लुगा लगाउन
पनि प्रतिबन्ध छ । यदि कसैले जिन्स लगायो भने
उसमाथि कडा सजाय हुन्छ ।
· सरकारप्रति गद्दारी गर्ने सैनिक वा जो सुकै
सरकारी अधिकारीलाई पनि मृत्युदण्ड दिइन्छ ।
शासक किम जोंग उनले आफ्ना काकालाई यस्तै
गद्दारी गरेको आरोपमा मृत्युदण्ड दिएका थिए ।
किमले आफ्ना काकाको नग्न शवलाई १२०
वटा भोका कुकुर
राखेको पिँजडामा फ्याँकेका थिए भन्ने आरोप छ ।
· उत्तर कोरियामा भिखारीहरुको फोटो खिच्न
समेत प्रतिबन्ध छ । भिखारीहरुको तस्वीर लिक
भयो भने त्यसले देशको छवि बिगि्रने डरले सरकारले
यस्तो नियम बनाएको बताइन्छ ।
· उत्तर कोरियामा आफुलाई मन
पर्यो भन्दैमा जस्तोसुकै हेयर स्टाइल बनाउन पाइँदैन ।
हेयर स्टाइलमा समेत सरकारले सेन्सर गरेको छ ।
सरकारले महिलाका लागि २८ प्रकारका हेयर
स्टाइललाई मात्र मान्यता दिएको छ । महिलाहरुले
तिनै मान्यताप्राप्त हेयर स्टाइल मात्र अपनाउनु पर्छ
· कोरिया टुक्रिएको ६० वर्षयता २३ हजार उत्तर
कोरियालीहरु भागेर दक्षिण कोरिया पुगेका छन् ।
जबकी केवल २ जनामात्र दक्षिण कोरियाहरु उत्तर
कोरिया आएका छन् । दक्षिण कोरियालीहरुलाई
आफ्नो देशमा आकषिर्त गर्नका लागि उत्तर
कोरियाले कुनै समयमा एउटा नमूना सहर समेत
निर्माण गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved