भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,पुस १४ –विदेशी दम्पतीले
भाडाकी आमा (संरोगेट मदर) ल्याएर
नेपालका अस्पतालमा बच्चा जन्माउन पाउने
भएका छन् । सरकारले बच्चा चाहने आमाबाबु र
भाडाकी आमा तीनैजना विदेशी भए
नेपालका अस्पतालहरुले सो सेवा दिन सक्ने
गरी नीति ल्याएको छ । गत २
जेठमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय
गरेको हो ।
सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र
बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक
हुनुपर्ने उल्लेख छ । यसका साथै
सो नीतिका आधारमा स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई
सोही मापदण्डभित्र आउने अस्पताललाई
यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।
नेपालमा सरोगेसीसम्बन्धी कुनै
प्रकारको कानुनी प्रावधान नभए
पनि विदेशी नागरिकहरु नेपाल आएर
केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य
खुलेपछि सरकारले त्यसलाई
कानुनी मान्यता दिएको हो ।
आजको राजधानी दैनिकमा खबर छ ।
0 comments:
Post a Comment