Home » » विष्णु पुराण भन्छ, ‘यी चार प्रकारका युवतीसँग विवाह नगर्नुस्’

विष्णु पुराण भन्छ, ‘यी चार प्रकारका युवतीसँग विवाह नगर्नुस्’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


विवाह मानव जीवनकै एक महत्वपूर्ण संस्कार हो । केही
अपवाद्हरुलाई छाड्ने हो भने विवाहले मानुष्य
जीवनलाई सुखद् र व्यवस्थित बनाउँछ । साथै संसारको
श्रृष्टी चक्र धान्नका लागि पनि विवह अत्यावश्यक
छ ।
वैवाहिक जीवन सबैको सुखद् नै हुन्छ भन्ने पनि छैन ।
विवाह गरेर दु:ख पाएका मानिसहरुको संख्या पनि
प्रसस्तै देख्न सकिन्छ । त्यसैले विवाह गर्नुअगावै असल
जीवनसाथी खोज्नु जरुरी छ ।
कस्तो छान्ने त जीवनसाथी ? हिन्दू धर्म शास्त्र
विष्णु पुराणमा स्त्रीहरुको विषयमा थुप्रै कुरा
गरिएको छ । यो पुराणमा विवाहका लागि ४
प्रकारका युवती अयोग्य हुनेसमेत उल्लेख छ ।
यस्ता हुन् ति चार प्रकारका युवती

१. खराब बोली भएकी/कटु वचन बोल्ने
भनिन्छ, मिठो बोलीमा सरस्वतीको बास हुन्छ ।
सरस्वतीलाई बाणीकी देवी समेत भनिन्छ । मिठो
बोली बोल्ने स्त्रीसँग सरस्वती सँधै प्रसन्न हुने
पुराणहरुमा उल्लेख छ । कटु वचन बोल्ने स्त्रीको स्वभाव
पनि बोली जस्तै हुन्छ । यस्ता स्त्रीले घरको शान्ति
खल्बल्याउँछन् भन्ने विष्णु पुराणमा उल्लेख छ ।

२. सात पुस्ते नाता भित्रको युवती
हिन्दू धर्म संस्कारमा नाता पर्ने युवतीसँग विवाह
गर्नुहुँदैन । सहगोत्रीसँग पनि विवाह अमान्य छ ।
विष्णु पुराणमा माता वा पिता कसैको पनि नाता
पर्ने युवतीसँग विवाह गर्दा विभिन्न अनिष्ठ हुने
उल्लेख छ । वैज्ञानिकहरुले समेत नजिकको सम्बन्धमा
विवाह घातक हुने बताइसकेका छन् । शास्त्रमा
कम्तिमा सात पुस्ता भन्दा टाढा पुगेपछि मात्र
विवाह गर्नु राम्रो मानिएको छ ।

३. परपुरुष र दुष्ट पुरुषसँग सम्बन्ध भएकी
विवाह अघि नै परपुरुषसँग सम्बन्ध भएकी र दुष्ट पुरुषको
संगत गर्ने स्त्रीलाई पनि विष्णु पुराणले विवाहका
लागि अयोग्य मानेको छ । यस्ता युवतीलाई विवाह
गर्दा जीवनमा संकट आइलाग्न सक्छ ।

४ अल्छी र ढिलासम्म सुत्ने
अल्छि हुनु स्त्रीका लागि असोभनी हुने विष्णु
पुराणमा उल्लेख छ । अल्छी र ढिलासम्म सुत्ने युवती
आलसका प्रतिक हुन् । आलसी युवतीले घरमा कुनै पनि
राम्रो काम गर्न सक्दिनन् । फोहोर र अल्छीको
घरमा लक्ष्मीले बास नगर्ने धार्मिक विश्वासमेत छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved