Home » , » आमा–छोरीले बनाए यस्तो अनौठो विश्व कीर्तिमान....

आमा–छोरीले बनाए यस्तो अनौठो विश्व कीर्तिमान....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारत मध्यप्रदेशमा एक
आमा छोरीको नाम गोल्डेन बुक अफ वल्र्ड
रेकडर्समा लेखिएको छ । पहिलो वल्र्ड रेकर्ड बनाइन्
१७ वर्षीय कृति जैनले ।
१२ कक्षामा अध्ययन गर्ने कृतिले रामायण र
गीताका २५ हजार श्लोक उल्टो अथवा मिरर
राइटिङ गरेर विश्व कीर्तिमान बनाईन् । उनै
कृतिकी आमा शीलाले कृतिको जन्मलेखि वर्तमान
समयसम्मका ३४७० वस्तुको कलेक्सन गरेर नाम
दर्ता गराएकी हुन् ।
गोल्डेन बुक अफ वल्र्ड रेकर्डका भारत प्रमुख डा.मनिष
विश्नोईले यसप्रकारको विश्व रेकर्ड पहिला कसैले
नबनाएको बताएका छन् । यही कारण
यो अनौठो रेकर्ड हो ।
यति कम उमेरमा संस्कृतका यति धेरै श्लोक पढ्न सक्नु र
मिरर राईटिङ गर्न सक्नु कठिन काम हो । उनलाई
‘योङगेस्ट टु राईट लार्जेस्ट नम्बर अफ कलेक्सन इन मिरर
राईटिङ’ को गोल्डेन सर्टिफिकेट प्रदान
गरिएको हो ।
कृतिसँगै उनकी आमा शीला जैनलाई
पनि सोही कार्यक्रममा प्रमाणपत्र प्रदान
गरिएको थियो । शीलाले
कृतिको जन्मदेखि आजसम्मका ३४७० भन्दा बढि वस्तुहरु
संकलन गरेर राखेकी थिइन्, जो आफैमा एक रेकर्ड हो ।
यसमा कृतिले लगाएको पहिलो कपडादेखि रबर,
पेन्सिल, पेन्सिल बक्स, खेलौना, किताबदेखि सबैथोक
थिए । यस कलेक्सनका लागि उनलाई ‘लार्जेस्ट
कलेक्सन अफ क्रोनोलोजिकल मेमोरेबिलिया अफ
प्रोजेनी’ शीर्षकमा गोल्डेन बुक अफ वल्र्ड
रेकर्डको प्रमाणपत्र दिइएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved