Home » » स्वेताले श्रीकृष्णलाई संझिदै भनिन्-‘उहाँको आत्मा खुशी भएको छ’

स्वेताले श्रीकृष्णलाई संझिदै भनिन्-‘उहाँको आत्मा खुशी भएको छ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नायिका स्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई
संझदै उनको आत्मा खुशी भएको बताएकी छिन् ।
काठमाण्डौमा सोमबार सम्पन्न ‘तेश्रो इनास
अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर
तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्-‘यदि उहाँले
कतैबाट यो हेरिरनुभएको छ भने उहाँको आत्मा खुशी
भएको छ भन्ने मलाई लागेको छ । म यो उहाँलाई शेयर
गर्न चाहन्छु ।’
नायिका खड्काले आफूलाई यस्तै माया, हौसला र
साथ दिन आग्रह गर्दै भनिन्-‘मलाई यस्तै हिम्मत
दिनुहोस् । म उहाँले जस्तै काम गर्ने कोशिश गर्नेछु ।’
नायिका खड्काले श्रीकृष्णको कामलाई यती धेरै
सम्मान र माया दिएको भन्दै आयोजकलाई धन्यवाद
दिइन् । यो क्षेत्रमा श्रीकृष्ण भएकाले आफूले पनि
बोल्न सक्ने हिम्मत पाएको स्वेताको भनाई थियो ।
श्रीकृष्णले आफ्नो अन्तिम अवस्थामासम्म काम गरेर
नेपाली चलचित्रलाई ‘कोहिनुर’ जस्तो चलचित्र
कोशेली छाडेर गएको उनको भनाई थियो । स्वेताले
आफू फेरि पनि चलचित्र क्षेत्रमा काम गर्न चाहेको
भन्दै श्रीकृष्णको जस्तै काम गर्ने प्रण गरेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved