भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्रहरीले काठमाडौंको
किर्तिपुरस्थित जंगलमा एक व्यक्ति सडिइसकेको
लाश फेला पारेको छ ।
किर्तिपुर नपा– ७ स्थित बाग भैरब सामुदायिक
वनको खोल्सामा ति व्यक्तिको लाश गत फागुन ३०
गते सडिएको अवस्थामा भेटिएपनि सनाखत हुन
नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले लास सडि गलि किरा औंसा परेको
अवस्थामा फेला परेकोले सनाखत हुन समस्या भएको
भन्दै निजको स्केच सार्वजनिक गरी कसैको आफन्तहरु
हराएको भएमा नजिकको प्रहरी कार्यालय तथा
महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन
अनुरोध गरेको छ ।
झण्डै ३०–३५ वर्ष उमेरको जस्तो देखिने मंगोलियन
अनुहारको पुरुषको उचाई ५. ३ ईन्च, लामो कालो
कपाल, पिठ्युमा स्टार जस्तो ६ वटा कोण भएको
फुलको आकार जस्तो देखिने निलो रंगको ट्याटु रहेको
प्रहरीले जनाएको छ ।
कसैको आफन्त हराएको भएमा हुलिया मिल्ने आफन्तले
महानगरीय अपराध महाशाखा वा महानगरीय प्रहरी
वृत्त किर्तिपुरमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको
छ ।
0 comments:
Post a Comment