Home » » होस्टेलभित्रै विद्यार्थीको शंकास्पद मृत्यु, विद्यालयभित्रै ढुंगामुढा

होस्टेलभित्रै विद्यार्थीको शंकास्पद मृत्यु, विद्यालयभित्रै ढुंगामुढा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नारायणगढ : चितवनको खैरहनी नगरपालिका ६
स्थित नेपाल आदर्श शिक्षा सदनमा कक्षा
दसमा अध्ययनरत एक विद्यार्थीको दुई
दिनअघि होस्टेलमै मृत्यु भएको विषयलाई लिएर
सोमबार विद्यालय परिसर तनावग्रस्त बनेको
छ।
स्थानीयले विद्यार्थीको मृत्यु शंकास्पद
भएको भन्दै दोषीमाथि कारबाहीको माग
राखेर प्रदर्शन र ढुंगामुढा गरेपछि स्थिति
तनावग्रस्त बनेको हो। प्रहरीले चार सेल
अश्रुग्यास प्रहार गरी स्थितिलाई सामान्य
बनाई अवरुद्ध राजमार्गसमेत खुलाएको छ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा ६ जना
प्रहरी, एक शिक्षक र तीन जना विद्यार्थी
घाइते भएको जिल्ला प्रहरी कार्यालय
चितवनले जनाएको छ ।
चितवनको कठार गाविसका १७ वर्षीय गौरव
बस्नेत शनिबार बिहान सढे नौ बजेतिर
विद्यालयमा रहेको कोठाभित्र टिसर्टको
पासो लगाई पंखामा झुण्डिएको अवस्थामा
फेला परेका थिए।अस्पताल लैजाँदै गर्दा उनको
मृत्यु भएको स्थानीयले बताएका छन्।
विद्यार्थीका अभिभावक र विद्यालय
पक्षबीच कुराकानी भइरहेको र
कुराकानीपछिमात्र शव पोस्टमार्टम गर्न
परिवारजनले अनुरोध गरेकाले शवको पोस्टमार्टम
हुन नसकेको प्रहरीको भनाइ छ। मृतक
विद्यार्थीका परिवारजनको तर्फबाट परेको
ठाडो उजुरीका आधारमा प्रहरीले
विद्यालयका प्रिन्सिपल बिन्दु पौडेल र
होस्टेल इन्चार्ज सन्तोष पौडेललाई
नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।
प्रहरी मुचुल्कामा उल्लेख भए अनुसार, मृतक
बस्नेतको शरीरमा कुनै चोटपटक पाइएको छैन।
घाँटीमा रुद्रघण्टीदेखि माथिल्लो भागमा यु
आकारको दाग देखिएको मुचुल्कामा उल्लेख छ।
घटनाको अनुसन्धान भइरहेको र मृतकका
परिवारको सहमतिमा शवको पोस्टमार्टम
गरेपछि विद्यार्थीले आत्महत्या गरेको वा
हत्या भएको भन्ने स्पष्ट हुने प्रहरी स्रोतको
भनाइ छ। विद्यालयमा तनावको वातावरण
बनाउने र सडक अवरुद्ध पार्ने काममा मृतकका
परिवारजनभन्दा पनि तेस्रो पक्षले भूमिका
खेलेको पाइएको प्रहरी स्रोतको दाबी छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved