Home » » यि हुन बालकलाई जिउँदै बलि दिने अभियुक

यि हुन बालकलाई जिउँदै बलि दिने अभियुक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नवलपरासी । १० वर्षीय बालकलाई बलि दिने
पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले
सार्वजनिक गरेको छ ।
नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको
१० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने
हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा
हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान
हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ
गरी सार्वजनिक गरेको छ ।
गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर
बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन्

प्रहरीले बालकलाई आफ्नो १८ वर्षीय छोरा विजय
हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको
बलि दिएमा निको हुने धामीको विश्वासमा
छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा
जीवन कोहारलाई कोदई हरिजनसहितले मिलेर बलि
दिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
कोदईले आफ्नो छोरालाई निको पार्न कुडिया
गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन
कोहारलाई बलि दिएको प्रहरीसमक्ष बताएका छन् ।
कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते
बालकको बलि दिए पनि शुक्रबार मात्र बालकको शब
गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान गरी सो
रहस्य पत्ता लगाएको हो ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा
दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर
तीनजनाले समातेको र कोदईले घरेलु हतियारको
प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी
अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद
उपाध्यायले बताए ।
लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा
तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई
हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय
छोरा जीवन कोहारलाई बलि चढाएको खुल्न आएको
छ ।
कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी
वचन दिएको हत्यामा संलग्नले बताएका छन् ।
बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ
गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि
बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय
बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved