भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । शनिवार पाकिस्तानमा फेरि
शक्तिशाली भूकम्प गएको छ ।
पाकिस्तानी मौसम विभागका अनुसार राजधानी
इस्लामावादबाट १५ किलोमिटर उत्तरपूर्वमा केन्द्र
बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । शनिबार
गएको शक्तिशाली भूकम्पमा परी ३ जनाको मृत्यु
भएको समाचार एजेन्सीले जनाएका छन् ।
अमेरिकी भौगर्भिक विभागले भने उक्त भूकम्पलाई ५.१
म्याग्नीच्युड मापन गरेको छ । पाकिस्तानमा
नेपाली समय अनुसार बिहान ३ः१५ मा गएको
भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद,
रावलपिण्डी लगायतका क्षेत्रमा महसुस गरिएको छ ।
एक महिना पहिले पनि पाकिस्तानमा भूकम्प गएको
थियो ।
यसअघि पाकिस्तानमा असार महिनामा ५.१ रेक्टर
स्केलको भूकम्प गएको थियो । वर्ष २००५ अक्टोबर ८
मा गएको ७.६ रेक्टरको भूकम्पले पाकिस्तानमा ७३
हजार बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय
जोखिममा पाकिस्तान नेपालभन्दा धेरै अगाडि छ ।
0 comments:
Post a Comment