Home » » छोरी र श्रीमतीको साथमा आज अमेरिका उड्दै दीलिप रायमाँझी

छोरी र श्रीमतीको साथमा आज अमेरिका उड्दै दीलिप रायमाँझी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमान्डौ । साईड डान्सर हुँदै नेपाली चलचित्रमा
आएका दीलिप रायमाँझीले आज नेपाल् छाड्दैछन् ।
उनी छोरी र श्रीमतीका साथ अमेरिका उड्न
लागेका हुन् ।
नेपालमै रहेर अमेरिकी ग्रिन कार्ड हात परेपछि
छोरीको भबिष्य बनाउँने भन्दै उनी अमेरिका बसाई
सर्ने निर्णयमा पुगेका हुन ।
दीलिप कुशल डान्ससंगै कुशल अभिनय गर्ने एक मात्र
नेपाली अभिनेता मानिन्छन् । दर्जनौ हिट
चलचित्रमा अभिनय गरेका दीलीप पछिल्लो समय
नेपाली चलचित्रमा सक्रीय छैनन् ।
उनले केही बर्ष अघी मिस यू नामक चलचित्र निर्माण
समेत गरेका थिए । तर त्यो चलचित्र सफल हुन सकेन यस्तै
उनले केही समय अघी लोग्ने मान्छे नामक चलचित्रमा
समेत अभिनय गरेका थिए ।
उनको चलचित्र करिअरमा सबैभन्दा सफल भएको
चलचित्र दर्पण छाँया हो । यो चलचित्रको
यतीबेला सिक्वेल निर्माणको काम चलीरहेको छ ।
आज राति साँढे ९ बजेको फ्लाईटबाट दीलिप
अमेरिका उड्दैछन् ।
पछिल्लो समय अमेरिकामा निशा अधिकारी ,
नन्दिता केसी,राजबल्लभ कोइँराला कृष्टी मैनाली,
सारंगा श्रेष्ठ, पूजा चन्द ,मुकेस ढकाल लगायतका
कलाकारहरु छन्। भने रेखा थापा आज अमेरिका बाट
नेपाल फर्कदै छिन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved